समाचार

अवैध लागूऔषधसहित ७ जना पक्राउ

काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली, मोरङ र बर्दियाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले कैलालीको गोदावरी नगरपालिका–१ भरतपुरबाट अवैध लागूऔषध खैरो हेरोइन ३ ग्राम ४ सय १० मिलिग्राम र नगद १९ हजार रूपैयाँसहित सोमबार एक...

सुनको भाउ ३०० रुपैयाँको गिरावट

काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको भाउ गिरावट आएको छ । दुई दिनको स्थिरतापछि स्थानीय बजारमा सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । भाउ घटेसँगै आज छापावाल सुन तोलामा १ लाख १७ हजार ७०० रुपैयाँ र तेजाबी सुन तोलामा १ लाख १७...

हेटौंडामा नव प्रर्वद्धन र उद्यमशीलताको लागि सम्मेलन हुँदै

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा नवप्रर्वद्धन र उद्यमशीलताको लागि अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ । हेटौंडा स्कुअफ म्यानेजमेन्टको मुख्य आयोजना र विभिन्न संघ–संस्थाहरुको सह आयोजना र साझेदारीमा सम्मेलन गर्न लागिएको हो । उक्त सम्मेलन यही फागुन ५ र ६ गते हुनेछ । सम्मेलनले सीप र पूर्वाधार ज्ञान अभिवृद्धी...

दुर्गा प्रसाईंको शक्ति प्रदर्शन आज

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालले मंगलबार काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ । प्रसाईंले काठमाडौंको टुँडिखेलमा कार्यक्रम गर्ने तयारी गरे पनि उक्त स्थान खाली नभएपछि भृकुटीमण्डपस्थित खुला चौरमा कार्यक्रम गर्न लागेको हो । अभियानको वार्षिक उत्सव कार्यक्रमका लागि देशभरबाट...

मकवानपुरको बागमतीले जनयुद्ध दिवसमा दिएको सार्वजनिक विदा बदर

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा दिएको सार्वजनिक विदा बदर भएको छ । उच्च अदालत पाटन हेटौंडा इजलासले उक्त पालिकाले सो अवसरमा दिएको विदा बदर गरिदिएको हो । सर्वोच्च अदालतको आदेश विपरित बागमती गाउँपालिकाले फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गरेको थियो । उक्त निर्णयबिरुद्धमा अदालतमा...

माओवादीको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । मस्यौदा विधान परिमार्जनको विषयमा छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको पार्टीका सचिव देवेन्द्र पौडेलले जानकारी दिए । बैठक बिहान १० बजे प्रज्ञा भवन कमलादीमा बस्ने उनले बताए । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पदाधिकारीहरुले आ–आफ्ना सुझाव दिएका थिए ।...

आज जनयुद्ध दिवस मनाइँदै

मकवानपुर । आज फागुन १ गते जनयुद्ध दिवस । देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । वि.सं. २०५२ फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो । त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र,...

आजको मौसमः देशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार, देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । साथै हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र त्यसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश...

माओवादी केन्द्रको विधान सम्मेलन आजबाट

काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान सम्मेलन आजबाट सुरु हुने भएको छ । सम्मेलन आज बिहान ११ बजेदेखि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा सम्मेलन सुरु हुने जनाइएको छ । तीन दिनसम्म संचालन हुने सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी...

हेटौंडाका पिठाकोटीको दुर्घटनामा परेर मृत्यु

मकवानपुर । मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका वडा नम्वर २, गोलढुंङगा/ भर्याङडाँडास्थित हेटौंडा–फाखेल–काठमाडौं सडकखण्डमा सोमबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६, चौघडा बस्ने अन्दाजी ५० वर्षीय राजेन्द्र पिठाकोटी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।...