समाचार

आज श्रीपञ्चमीः देशैभर सरस्वतीको पूजा गरी मनाइँदै

मकवानपुर । आज बुधबार श्रीपञ्चमी पर्व मनाइँदै छ । आज विद्यादेवी सरस्वतीको पूजाअर्चना गर्दै श्रीपञ्चमी पर्व मनाइछ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन यो पर्व मनाइदै आएको छ । यो पर्वलाई बसन्त पञ्चमीका नामले पनि चिनिने गर्दछ । पर्वमा हातमा विणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई खासगरी...

हेटौंडा उपमहानगरपालिकाद्वारा पाँच जना पत्रकार पुरस्कृत

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा पाँच जना पत्रकारलाई पुरस्कार प्रदान गरेको छ । उपमहानगरपालिकाको ५५ औं स्थापना दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा विभिन्न विधामा पाँच जना पत्रकारलाई पुरस्कार प्रदान गरिएको हो । पुरस्कृत हुनेहरुमा गणेश दुलाल, अमृत चिमोरिया, भावना रिजाल, सुनिता विष्ट र निशा गुरुङ रहेका...

रेडियो थाहाको वार्षिकोत्सवमा सरसफाई कार्यक्रम

मकवानपुर । रेडियो थाहा सञ्चार ९९.६ मेघाहर्जले आफ्नो वार्षिकोत्वसवको अवसरमा आज सरसफाइ कार्यक्रमको आयोजना गरेको छ । रेडियोको साताव्यापी कार्यक्रम अन्तरगत आज पहिलो दिन हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ स्थित नेपाल फलफुल तथा तरकारी बजारमा सरसफाइ कार्यक्रम गरिएको हो । कार्यक्रम रेडियो थाहासञ्चारका अध्यक्ष अरुण राज सुमार्गीको सभाध्यक्षता एवम्...

हेटौंडामा नवौं राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुँदै

मकवानपुर । मकवानपुरको हेटौंडामा नवौं राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता यही फागुन २२ गतेबाट सुरु हुने भएको छ । प्रतियोगिताको आयोजक हेटौंडा भेट्रान्स क्लबले मंगलबार पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी गराएको हो । हेटौंडा–४ स्थित हुप्रचौरको मैदानमा हुने प्रतियोगिता फागुन २२ गतेदेखि २६ गतेसम्म गरी पाँच दिन संचालन हुनेछ ।...

४ सय ७ किलो गाँजासहित दुई जना पक्राउ

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ राजाबासबाट गएराति अवैध लागूऔषध गाँजा ४ सय ६ किलो ९ सय ४० ग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका–४ बस्ने २५ वर्षीय सूर्य राई र भोजपुर हतुवागढी गाउँपालिका–८ बस्ने २७ वर्षीय लक्ष्मण राई रहेका छन् । उनीहरुलाई ईलाका प्रहरी कार्यालय...

माओवादीको विधान मस्यौदामाथि छलफल गर्न २० समूह गठन

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी विधान सम्मेलनमा संशोधित मस्यौदामाथि छलफल गर्न २० समूह गठन गरिएको छ । काठमाडौंको प्रज्ञा भवनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेको विधान सम्मेलनमा संशोधित मस्यौदामाथि छलफल गर्न २० समूह गठन गरिएको हो । समूहमा छलफल गरेर टोली नेताले सुझाव पेस...

कांग्रेस स्वास्थ्य समन्वय उपसमितिमा ८ जना सदस्य मनोनीत

काठमाडौं । नेपाली कांग्रेसले महासमितिको बैठक तयारीका लागि स्वास्थ्य समन्वय उपसमितिमा ८ जना सदस्य मनोनीत गरेको छ । कांग्रेसको महासमिति बैठक आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुँदैछ । त्यसका लागि कांग्रेसले यसअघि नै पार्टी केन्द्रीय सदस्य उर्मिला नेपाल केसीको संयोजकत्वमा स्वास्थ्य समन्वय उपसमिति गठन गरेको थियो...

माओवादीले मनायो २९ औँ जनयुद्ध दिवस

काठमाडौं । नेकपा माओवादी केन्द्रले २९ औँ जनयुद्ध दिवस मनाएको छ । मंगलबार राजधानीको प्रज्ञा भवनमा आयोजित विधान अधिवेशन अघि २९ वटा मैनबत्ती बालेर माओवादीले जनयुद्ध दिवस मनाएको हो । उक्त मैनबत्ती प्रधानमन्त्री एवम् आमोवादी पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले बालेका थिए । सो क्रममा जनयुद्धका मृतक...

४ जना मृत अवस्थामा फेला

काठमाडौं । विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार, देशको सिन्धुली, सुनसरी, पर्सा र रुपन्देही जिल्लाको छुट्टाछुट्टै स्थानबाट ४ जना अवस्थामा फेला परेको हो । सिन्धुलीको तिनपाटन गाउँपालिका–९ बर्मेली खोलामा सोही गाउँपालिका–९ बतासेडाँडा बस्ने ७९ वर्षीय टंकमान कामी सोमबार मृत अवस्थामा फेला...

हेटौंडामा निर्माणधीन सबस्टेसन निर्माणको काम अन्तिम चरणमा

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङमा निर्माणाधीन सबस्टेसनको काम अन्तिम चरणमा पुगेको छ । हेटौंडा सबस्टेसनमा ४००/२२० केभी, २२०/१३२ केभी र १३२/११ केभी सबस्टेसन निर्माणाधीन छन् । देशभित्रको विद्युत प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि निर्माणधीन अवस्थामा रहेको उक्त सबस्टेशनको कार्य एक महिनाभित्र सम्पन्न गर्ने तयारी रहेको जनाइएको छ...