साताको चौथो दिन पनि घट्यो नेप्से

तु खबर संवाददाता
२०८० फाल्गुन ९,बुधबार १६:४५

काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार पनि शेयर बजारमा ओरालो लागेको छ । निरन्तर ओरालो लागेको नेप्से सूचक बुधबार पनि घटेको हो ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.८३ अकंले घटेर २०२५.२२ बिन्दुमा बन्द भएको छ । यसअघि मंगलबार थप १.७६ अङ्कले घट्दै २ हजार ३३.०६ अङ्कमा झरेको थियोे ।

बुधबार ३१३ कम्पनीको ६३ लाख ४१ हजार १७४ कित्ता सेयर किनबेच भएको छ भने २ अर्ब २४ करोड १९ लाख ६१ हजार रुपैयाँको कारोबार भएको छ ।

यस्तै, आज १२ उपसूचक राताम्य भएका छन् । बैंकिङ समूहको ०.२७ प्रतिशत, विकास बैंक समूहको ०.६१ प्रतिशत र फाइनान्स समूहको ०.२५ प्रतिशतले सेयर मूल्य घटेको छ ।