समाचार

एक महिनामा ६२ हजार नेपाली विदेसीय

काठमाडौं । चालु आर्थिक वर्षको माघ महिनामा ६२ हजारभन्दा बढी नेपाली रोजगारीका सिलसिलामा विदेसीयका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार, माघ महिनामा ६२ हजार १४७ जना नेपालीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति (पुनः श्रम स्वीकृतिसहित) लिएका हुन् । जसमा ५५ हजार ९७३ जना पुरुष र ६ हजार...

माओवादी विधान अधिवेशनः चुनाव चिह्न फेर्न सुझाव

काठमाडौं । नेकपा माओवादी केन्द्रको चुनाव चिह्न फेर्न सुझाव दिइएको छ । माओवादीको विधान अघिवेशनमा सहभागी प्रनिनिधिहरुले पार्टीको चुनाव चिह्न फेर्न सुझाव दिएका हुन् । विधानमाथि २० समूहमा भएको छलफलका क्रममा अधिकांशले यस्तो सुझाव दिएका हुन् । मंगलबारबाट सुरु भएको माओवादीको विधान अधिवेशन भोलि फागुन ३ गतेसम्म संचालन हुनेछ...

२०८१ सालको सार्वजनिक विदाको सूची सार्वजनिक

काठमाडौं । सरकारले आगामी वर्ष २०८१ सालको सार्वजनिक विदाको सूची सार्वजनिक गरेको छ । गृह मन्त्रालयले २०८१ सालको सार्वजनिक र पर्व विदाहरूको सूची सार्वजनिक गरेको हो । राजपत्रमा प्रकाशित उक्त विदाको सुचीअनुसार, २७ दिन पर्व विदा परेको छ । यस्तै, ६ वटा दिवस विदा र २ वटा जन्म जयन्ती...

हेटौंडाबाट लागूऔषधसहित एक युवक पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले गएराति अवैध लागूऔषधसहित हेटौंडाबाट एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटे चेकपोष्टस्थित पुर्व–पश्चिम सडकखण्डबाट लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बस्ने १९ वर्षीय असलम मिंया रहेको जिल्ला प्रहरी कार्यालय...

क्यानडामा दुर्घटनामा परेर दुई नेपालीको मृत्यु

विराटनगर । क्यानडाको अन्टारियो प्रान्तस्थित लण्डन सहरमा मंगलबार भएको सवारी दुर्घटनामा परेर दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । लण्डनबाट उत्तर दिशामा रहेको हाइबरी एभ्येनुमा पर्ने माइल्स रोड र इडर्टन रोड क्षेत्रमा तीन वटा कारहरू दुर्घटना हुँदा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको हो । मृत्यु हुनेमा सिन्धुपाल्चोकका...

फुटबल प्रतियोगितामा महिला अधिकारकर्मी विजयी

मकवानपुर । रेडियो थाहासञ्चार ९९.६ मेगाहर्ज हेटौंडाले बुधबार आयोजना गरेको फुटबल प्रतियोगितामा महिला अधिकारकर्मी विजयी हाँसिल गरेको छ । हेटौंडा–५ स्थित क्याम्प रंगशालामा आयोजना भएको उक्त प्रतियोगितामा महिला पत्रकारलाई पराजित गर्दै महिला अधिकारकर्मीले विजयी हाँसिल गरेको हो । रेडियोले आफ्नो १६ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज...

पश्चिमी वायु र बंगालको खाडीको वायुका कारण बदली र कुहिरो

काठमाडौं । आज पश्चिमी वायु र बंगालको खाडीको वायुका कारण देशको विभिन्न स्थानमा बदली र कुहिरो लागेको छ । आज बिहानैदेखि देशका विभिन्न स्थानमा बादल र कुहिरो लागेको हो । पश्चिम वायु र बङ्गालको खाडीको वायुको प्रभावले बनाएको एन्टीसाइक्लोनको अवस्थाले देशभर नै बादल र कुहिरो लागेको जल तथा विपद्...

राप्रपाले प्रधानमन्त्री प्रचण्डलाई मागपत्र बुझाउने

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई मागपत्र बुझाउने भएको छ । राप्रपाले राष्ट्रियता, विकास, सुशासन र सेवाप्रवाह लगायत जनजीविकासँग सम्बन्धित विभिन्न विषयमा प्रधानमन्त्री प्रचण्डलाई मागपत्र बुझाउने भएको हो । पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको राप्रपा आन्दोलन परिचालन समितिको बैठकले फागुन...

दुई जना मृत अवस्थामा फेला

काठमाडौं । विभिन्न स्थानमा दुई जना मृत अवस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार, देशको सोलुखुम्बु र कास्की जिल्लाको छुट्टाछुट्टै स्थानबाट दुई जना अवस्थामा फेला परेको हो । सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–८ तल्लो सिगानेस्थित खेतबारीमा मंगलबार एक जना मृत फेला परेका छन् । मृत फेला पर्नेमा सोही...

जवरजस्ती करणीको आरोपमा जिल्ला अदालतका अधिकृत पक्राउ

काठमाडौं । जवरजस्ती करणीको कसुरमा काठमाडौं जिल्ला अदालतका एक अधिकृत पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं जिल्ला अदालतका शाखा अधिकृत गोपाल गजमेर रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । प्रहरीका अनुसार, गजमेरले आफूलाई जवरजस्ती करणी गरेको भन्दै एक युवतीले जाहेरी दिएकी थिइन् । सोही आधारमा उनलाई पक्राउ...