समाचार

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आह्वान

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरिएको छ । बैठक आज दिउँसो १ बजे बस्ने गरी आहवान गरिएको पार्टीका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा आगामी फागुन ७—१० गते ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको सम्बन्धमा केन्द्रीत रहेर छलफल...

आज ललिता निवासको फैसला सुनाउने तयारी

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको मुद्दामा आज फैसला सुनाउने तयारी गरिएको छ । विशेष अदालतले ललिता निवास सरकारी जग्गा हिनामिनासम्बन्धी मुद्दाको फैसला तयार भएकोले आज सुनाउने तयारी गरेको हो । विशेष अदालतका न्यायाधीशहरु खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा उक्त मुद्दा एक महिनादेखिको...

चितुवाको आक्रमणबाट मकवानपुरका दुई जना घाइते

मकवानपुर । मकवानपुरमा जंगली जनावर चितुवाको आक्रमणबाट बुधबार दुई जना घाइते भएका छन् । जिल्लाको थाहा नगरपालिका वडा नम्वर २ अंगारेटोलस्थित जंगली जनावर चितुवाको आक्रमणबाट दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । घाइते हुनेहरुमा स्थानीय ६६ वर्षीय हेमन्त प्रसाद ढाकाल...

आजको मौसमः पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र त्यसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । यस्तै, आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने...

कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै आज बिहान बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस आज बिहान २ बजे सडकबाट दुई सय मिटर तल खसेर दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला...

माओवादी विधान अधिवेशन आज पनि जारी रहने

काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान अधिवेशन आज पनि जारी रहने भएको छ । गत मंगलबारदेखि सुरु भएको उक्त अधिवेशन बैठक आज समापन गर्ने तयारी रहेको छ । अधिवेशनको आज अन्तिम दिन सुझाव सङ्कलन गरेकामध्ये सात समूहले सुझाव पेस गर्ने भएका छन् । यसअघि हिजो विभिन्न २० समूहमध्ये आज...

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । बैठक बिहीबार दिउँसो ३ बजे बस्ने गरी आह्वान गरिएको हो । बैठकका एजेण्डा र समसामयिक राजनीतिक विषयहरूमा छलफल गर्न बैठक आह्वान गरिएको एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । बुधबार पनि महासचिव शंकर पोखरेलको नेतृत्वमा केन्द्रीय कार्यालयमा...

बागमती गोल्डकपः आज एनआरटी र नव जनजागृतीबीच प्रतिस्पर्धा हुँदै

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौंं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज बिहीबारबाट क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछ । बागमती–८ स्थित जनता माविको खेल मैदानमा हुने पहिलो क्वाटरफाइनल खेलमा न्युरोड टिम (एनआरटी) र सिमराको नव जनजागृती युवाबीच प्रतिस्पर्धा हुनेछ । दुई टिमबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ...

अवैध चाँदीका गरगहनासहित हेटौंडाबाट एक जना पक्राउ

मकवानपुर । प्रहरीले अवैध चाँदीका गरगहनासहित हेटौंडाबाट एक नालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित रातोमाटे प्रहरी चेकपोष्ट अगाडि सडकखण्डबाट अवैध चाँदीको गरगहनासहित मंगलबार राति एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाराको फेटा गाउँपालिका वडा नम्वर ३ बस्ने ३४ वर्षीय धर्मेन्द्र मुखिया...

‘बालबालिकासँग वडाध्यक्ष’ कार्यक्रम

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३, बसामाडीमा ‘बालबालिकासँग वडाध्यक्ष’ कार्यक्रमको आयोजना गरिएको छ । हेटौंडा–३ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा भएको कार्यक्रम वडा बाल सञ्जालले आयोजना गरेको हो । कार्यक्रम वडा बाल सञ्जालका अध्यक्ष सक्षम चौलागाईंको सभाध्यक्षता तथा हेटौंडा–३ का वडाध्यक्ष ढलकबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको हो...