गैरकानुनी भोगचलन भएका जग्गाको विवरण पठाउन निर्देशन
काठमाडौं । गृह मन्त्रालयले देशभर हडपिएका र कानून विपरीत भोगचलन भइरहेका सरकारी तथा सार्वजनिक जग्गाको विवरण पठाउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै देशभरका ७७ वटै प्रशासन कार्यालयहरूलाई परिपत्र गर्दै सरकारी जग्गा हानी नोक्सानी गर्ने र कानुन विपरीत प्रयोजनमा भोगचलन गर्नेमाथि कार्बाहीका लागि विवरण संकलन गरेर पठाउन निर्देशन दिएको हो ।
यस्तै, जग्गा हिनामिना गर्नलाई कार्बाहीको दायरामा ल्याउनका लागि सम्बन्धित निकायसँग समेत आवश्यक समन्वय गर्न गृहले प्रशासनलाई निर्देशन दिएको छ ।
