बुधबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन र चाँदीको भाउ बढेको जनाएको छ । महासंघले मंगलबारको तुलनामा आज सुन तोलामा ४०० र चाँदी तोलामा ५ रुपैयाँले बढेको जानकारी गराएको हो ।
यससँगै, आज छापावाल सुनको भाउ प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको भाउ प्रतितोला १ लाख १७ हजार ८५० रुपैयाँ कायम रहेको छ ।
यसअघि मंगलबार छापावाल सुन तोलामा १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन तोलामा १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपैयाँ कायम रहेको छ । यसअघि मंगलबार चाँदी प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो ।
