माओवादीद्वारा स्थायी समिति बैठक आह्वान
काठमाडौं । नेकपा माओवादी केन्द्रद्वारा स्थायी समिति बैठक आह्वान गरिएको छ । बैठक यही फागुन १० गते ११ बजे बस्ने गरी आह्वान गरिएको हो ।
पदाधिकारीको जिम्मेवारी हेरफेर र प्रदेश इन्चार्ज तोक्ने, परिमार्जित विधान अनुमोदन गर्ने, चैत–वैशाखमा हुने अभियानको कार्यक्रम र कमाण्डर तोक्ने एजेण्डा रहेको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।
