कांग्रेस महासमिति बैठक आज पनि जारी रहने

तु खबर संवाददाता
२०८० फाल्गुन ८, मंगलवार ०९:०५

काठमाडौं । नेपाली कांग्रेस महासमिति बैठक आज पनि जारी रहनेछ । बैठक अन्तरगत आज ललितपुरको गोदावरीमा बन्द हुने भएको छ ।

सोमबार महासमिति बैठकको उद्घाटन भएको थियो । बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगनकुमार थापाले साङ्गठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक र प्रवक्ता डा. प्रकाशशरण महतले आर्थिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेकोछ ।

महामन्त्रीको दस्ताबेजमा कांग्रेसले २०८४ सालको आम निर्वाचनमा गठबन्धन नगर्ने उल्लेख छ, जुन महासमिति बैठकमा पेश हुँदैछ ।

महामन्त्रीको प्रस्ताव पार्टीको दस्ताबेजकै रूपमा पेस हुने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।