हेटौंडा-१३ मा निःशुल्क आँखा शिविर

तु खबर संवाददाता
२०८० फाल्गुन ८,मंगलवार ०९:२५

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ स्थित फेमकोल एकेडेमीमा सोमबार निःशुल्क आँखा शिविर भएको छ ।

शिविर रोटरी क्लव मकवानपुर र हेटौंडा सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजनामा भएको हो ।

शिविरमा ७ सय ९ जनाले आँखा परिक्षण गराएका थिए । तीमध्ये ५१ जनामा मोतियाविन्दु देखिएको विद्यालयका प्रिन्सिपल केशव मुडभरीले जानकारी दिए ।

उनका अनुसार, फेमकोल विद्यालयको व्यवस्थापनमा बुधबार ५१ जनाको मोतियाविन्दु भएका व्यक्तिहरुको आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया हुनेछ ।

कार्यक्रम फेमकोल विद्यालयका प्रिन्सिपल केशव मुडभरीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका १३ नम्वर वडाध्यक्ष पेम्वा लामाको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा हेटौंडा १२ का कार्यवहाक अध्यक्ष ज्ञानबहादुर श्रेष्ठ, रोटरी क्लव मकवानपुरका पूर्व अध्यक्ष कविन सांगामी, अनिल अग्रवाल, गोकर्ण सुवेदी, विज्ञान रिमाल, हरिकुमार शर्मा, रामप्रसाद शर्मालगायतको आतिथ्यता रहेको थियो ।