समाचार
२५ मिटरभित्रको संरचना हटाउन सडकले फेरि निकाल्यो सूचना
मकवानपुर, २७ कात्तिक । डिभिजन सडक कार्यालय मकवानपुर हेटौंडाले फेरि सडकको दायाँबायाँ सडक सिमाभित्र बनेका घर टहरा हटाउन राष्ट्रिय स्तरको दैनिक पत्रिकामा सूचना निकालेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा घर हटरा हटाउन भन्दै डिभिजन सडकले सूचना निकालेको हो । सूचनामा डिभिजन सडक कार्यालय हेटौंडा अन्तर्गत पर्ने पूर्व पश्चिम...
भुकम्प प्रभावितहरुको आसाअनुरुप कार्य गर्न नसकेको वडाअध्यक्षहरुको गुनासो
मकवानपुर, २७ कात्तिक । हेटौँडा उपमहानगरपालिकाका विभिन्न वडाका वडाअध्यक्षहरुले भुकम्प प्रभावितहरुको पक्षमा आशा गरेबमोजिम सरकारले कार्य गर्न नसकेको गुनासो गरेका छन् । मकवानपुर उद्योग वाणिज्य संघ तथा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको संयुक्त आयोजनामा सोमबार हेटौंडामा भुकम्प पछिको पुनर्निर्माण र पुनस्थापना विषयमा भएको अन्तरक्रिया कार्यक्रममा उनीहरुले त्यस्तो गुनासो गरेका हुन् ।...
अपडेट – इरान–इराक भुकम्पमा परी २ सयको मृत्यु
कात्तिक २७ । इरान र इराकको सिमामा गएको शक्तिशाली भुकम्पमा परी मृत्यु हुनेको संख्या अहिलेसम्म २ सय नाघेको छ । इराकमा भन्दा इरानमा भुकम्पको असर बढी देखिएको बीबीसीले उल्लेख गरेको छ । बिहान ६१ जनाको मृत्यु भएको समाचार सार्वजनिक भएकोमा अहिले सो संख्या २ सय पुगेको उसको समाचारमा लेखिएको...
बर्षमान पुनलाई आक्रमण गर्ने विप्लवका कार्यकर्ता छोड्न राज्यमन्त्रीले विज्ञप्ती निकालेपछि प्रचण्डको आपत्ति
काठमाडौँ, २७ कात्तिक । माओवादी नेता तथा रोल्पाबाट माओवादीका तर्फका प्रतिनिधिसभा उम्मेदवार बर्षमान पुन अनन्तलाई प्रतिरोध गर्ने विप्लवका कार्यकर्ता छोड्न नेपाली काँग्रेसका तर्फबाट सिँचाइ राज्यमन्त्री रहेका अमरसिंह पुनले विज्ञप्ती निकालेपछि प्रचण्ड आक्रोशित देखिएका छन् । रोल्पामा शनिबार अनन्तलाई लक्षित गरी माइन बिछ्याइएको र ढुङ्गा मुढा गरी गोलीसमेत चलाएको आरोपमा...
यौन दुर्व्यवहार र प्रहरी चौकीमा तोडफोडको आरोपमा ७ जनालाई मुद्धा दायर
हेटौँडा, २७ कात्तिक । मादक पदार्थ सेवन गरी अर्को गाउँका महिलालाई जबरजस्ती दुर्व्यवहार गर्न खोजेको तथा सोही निहुँमा ईलाका प्रहरी कार्यालयमा तोडफोड गर्न खोजेको आरोपमा मकवानपुर प्रहरीले ७ जनालाई पक्राउ गरि मुद्धा दायर गरेको छ । शनिबार बनभोज खाएर फर्कने क्रममा मनहरी गाउँपालिका–३ लामिटारमा हेटौँडा १९ नेवारपानीका बिदुरराज जिम्बा...
इरान र इराकको सिमा क्षेत्रमा भुकम्प, ६१ जनाको मृत्यु
कात्तिक २७ । इरान र इराकको सिमा क्षेत्रमा शक्तिशाली भुकम्प जाँदा ६१ ज्नाको मृत्यु भएको छ । भुकम्पका कारण ३ सय जना घाइते भएका छन् । बीबीसीमा लेखिए अनुसार, सो क्षेत्रमा ७.२ रेक्टर स्केलको भुकम्प गएको हो । घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ भने सो क्षेत्रमा विजुली आपूर्ति बन्द...
नागस्वतीमा बाम गठबन्धनको निर्वाचन प्रचार प्रसार कार्यालय खुल्यो
हेटौँडा, २६ कात्तिक । यही मङ्सिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन प्रचार प्रसारको लागि हेटौँडा उपमहानगरपालिका वडा नम्बर ७ नागस्वतीमा आईतबार बाम गठबन्धनको प्रचार प्रसार कार्यालयको उद्घाटन गरिएको छ । हेटौंडा ७ का निर्वाचन परिचालन कमिटिका सयोजक राजन थापा क्षेत्रीको अध्यक्षता तथा प्रतिनिधिसभा क्षेत्र नम्बर...
बसामाडी जेसिजद्वारा नेवारपानीमा स्वागत बोर्ड स्थापना
हेटौँडा,२६ कात्तिक । बसामाडी जेसिजको जेसिज सप्ताह आईतबारबाट सुरु भएको छ । सप्ताहको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ का वडाअध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि नरनाथ सुबेदीले उद्घाटन गरेका छन् । समुद्घाटनकै अवसरमा हेटौँडा १९ नेवारपानीमा हेटौँडा उपमहानगरपालिका प्रवेश बोर्ड समेत स्थापना गरिएको मूल कार्यक्रम संयोजक शम्भुप्रसाद पराजुलीले जानकारी दिए...
प्रचण्डले गिरिजाप्रसाद कोइरालाको सपना पूरा गर्ने
चितवन, २६ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा विस्तृत शान्ति सम्झौताका हस्ताक्षरकर्ता प्रचण्डले नेपाली काँग्रेसका तत्कालिन सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको सपना पूरा गर्ने जिम्मा आफ्नो भएको बताएका छन् । आज चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शान्ति सम्झौताको हस्ताक्षरकर्ता कोइराला र आफू भएकोले उनको निधनपछि बाँकी...
क्रिकेटमा नेपालसँग हार्यो भारत
एसीसी अण्डर – १९ एसिया कप क्रिकेटमा नेपालले भारतलाई हराएको छ । यो जीतलाई नेपालको ऐतिहासिक जीतको रुपमा रहेको नेपाली मिडियाहरुले लेखेका छन् । भारतलाई नेपालले १९ रनले हराएको हो । यसअघि कुनै पनि क्रिकेटमा नेपालले भारतलाई हराउन सकेको थिएन । मलेसियामा भएको यो खेलमा नेपालले दिएको १ सय...









