समाचार
मकवानपुरको हेटौंडामा नक्कली सकेट बम
मकवानपुर २१ मसिंर । मकवानपुरको हेटौंडामा नक्कली सकेट बम फेला परेको छ । हेटौंडा ११ नवलपुरमा फेला परेको नक्कली सकेट बमको कारण केहि समय सर्वसाधारण त्रसित भएका थिए । यस बिषयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुसन्धान गरी बम डिष्पोज टोली बोलाउँदा माटोको नक्कली बम भेटिएको प्रहरी प्रबत्ता डिएसपी दिलिपराज...
हेटौंडाको वासुदेव सभागृहमा ५० प्रतिशत भन्दा बढी मतदान
मकवानपुर २१ मसिंर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित वासुदेव सभागृह सहिद मैदान –ग) मा करिब ५० प्रतिशत मतदान भएको मतदान अधिकृत मिथलेस कुमार गोईवारले जानकारी दिएका छन् । १ हजार ८ जना मतदाताको संङ्ख्या रहेको उक्त मतदान केन्द्रमा हालसम्म ५०० भन्दा बढीले मतदान गरीसकेका छन् ।...
राष्ट्रकवि घिमिरेद्वारा मतदान
काठमाडौँ, २१ मंसिर स् राष्ट्रकवि माधवप्रसाद घिमिरेले मतदान गरेका छन् । राष्ट्रकवि घिमिरेले आज बिहान १२ः१० बजे लैनचौरस्थित कन्या माध्यामिक विद्यालयको मतदान केन्द्र ‘क’मा पुगेर मतदान गरेका हुन् । राष्ट्रकवि घिमिरेले ९९ वर्षको उमेरमा श्रीमती र छोरासहित उक्त केन्द्रमा पुगेर मतदान गरेका हुन् । रासस
दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान
काठमाडौं, २१ मसिर । दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको आजको निर्वाचनमा दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान भएको राररले जनाएको छ । राररका अनुसार अहिले सबै मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साहजनकरुपमा मतदान कार्य सञ्चालन भइरहेको छ । दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा...
एउटै केन्द्रबाट तीन नेताको मतदान
मंगलबारे, इलाम, २१ मंसिर मतदान गरेपछि एमाले नेता तथा पूर्वसभामुख सुवास नेम्वाङले निर्वाचनसँगै मुलुकमा नयाँ संविधान लागु भएको बताए। इलाम नगरपालिका–७ को बालमन्दिर आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गरेपछि नेम्वाङले भने, “आजदेखि संविधान लागु भएको छ । यसका लागि निर्वाचन फलदायी भएको छ ।” यस्तै नेपाली कांग्रेसका नेता तथा...
विवादका कारण रोकिएको मतदान शुरु
भक्तपुर, २१ मंसिर : भक्तपुर क्षेत्र नं २ को प्रदेश नं २ क सूर्यविनायक नगरपालिका–१ सिरुटारस्थित साविक सिरुटार मतदान केन्द्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र वितरण गरेपछि भएको विवादका कारण रोकिएको मतदान पुनः शुरु भएको छ । आज बिहान ७ बजेबाट शुरु भएको मतदानका क्रममा करिब ८ बजे साविक...
आफूलाई मतदान गर्न नसक्ने यी उम्मेदवार
हरि लामिछाने/किरण भट्टराई काठमाडौँ, २१ मंसिर : आज भईरहेको दोस्रो चरणको निर्वाचन अन्तर्गत ४५ जिल्लाको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवारी दिएका विभिन्न राजनीतिक दलका केही उम्मेदवारले आफूलाई नै मतदान गर्न पाएनन् । मतदान गर्न नपाउनेहरूमा पूर्व प्रधानमन्त्रीदेखि वर्तमान उपप्रधानमन्त्री, मन्त्री र पार्टीका शीर्ष नेताहरूसम्म हुनुहुन्छ । आफ्नो मतदाता नामावली...
नयाँ शक्तिका उम्मेदवार ध्रुवराज ढकालद्वारा मतदान
थाहा नगर, २१ मंसिर । नयाँ शक्ति पार्टीका तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा क का उम्मेदवार ध्रुवराज ढकालले थाहा नगरपाकिलामा मतदान गरेका छन् । उनले थाहा नगरपालिका वडा नम्बर २ सरस्वती निमावि अङ्गारे मतदाता केन्द्रबाट मतदान गरेका हुन् । उक्त मतदान केन्द्रमा जम्मा १३ सय ४० जना...
निर्वाचनले आन्तरिक उडानमा कटौती
काठमाडौँ, २१ मंसिर/रासस : निर्वाचनका कारण मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फका धैरै उडान कटौती भएका छन् । सरकारले निर्वाचनको समयमा विमान नउडाउन आग्रह गरेको र सर्वसाधारण यात्रु पनि मतदानमा सहभागी हुने हुँदा आन्तरिक उडान सीमित मात्रामा भएको हो । अन्तर्राष्ट्रिय उडान भने नियमित तालिकाअनुसार भइरहेको विमानस्थलले जनाएको छ...
मकवानपुरको एक मतदान केन्द्रमा बमको आशंका
मकवानपुर, २१ मंसिर । मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा रहेको एक मतदान केन्द्रमा बम भएको आशंका गरिएको छ । मनहरी गाउँपालिकाको ठाडोखोलामा अवस्थित त्रिरत्न विद्यालय मतदान केन्द्रमा बम रहेको आशंका गरिएको हो । पाईपमा तार हालेर गाडिएको अवस्थामा शंकास्पद बस्तु देखिएपछि बमको आशंका गरिएको तर प्रारम्भिक अनुसन्धानबाट बम सो शंकास्पद...










