समाचार

यसरी हुँदैछ नेपालका विभिन्न भागमा मतदान (फोटो फिचर)

मकवानपुर, २१ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दोस्रो चरणमा आज मुलुकका ४५ जिल्लामा मतदान भइरहेको छ । प्रतिनिधिसभा सदस्यका लागि १२८ र प्रदेशसभाका लागि २५६ निर्वाचन क्षेत्रमा मतदान धमाधम हुँदैछ । मतदान सुरु भएसँगै मतदातामा उत्साह समेत देखिएको छ । विभिन्न स्थानमा मतदाता र उम्मेदवारहरुले मतदान...

कञ्चनपुर र डडेल्धुरामा मतदान शुरु

भीमदत्तनगर, २१ मंसिर । दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि कञ्चनपुर र डडेल्धुरामा आज बिहान ७ बजेदेखि मतदान शुरु भएको छ । कञ्चनपुरका मुख्य निर्वाचन अधिकृत डा राजेन्द्रकुमार आर्चायले यहाँका तीनवटा प्रतिनिधिसभा र छ वटा प्रदेशसभा सदस्यका लागि एकसाथ मतदान शुरु भएको जानकारी दिनुभयो । कञ्चनपुरमा रहेका...

चितवनमा मतदान शुरु

चितवनमा मतदान शुरु चितवन, २१ मंसिर । चितवनमा बिहान सात बजेदेखि मतदान शुरु भएको छ । मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माका अनुसार जिल्लाका तीन निर्वाचन क्षेत्रका १६१ मतदानस्थलका ४०८ मतदान केन्द्रमा मतदान शुरु भएको हो । निर्वाचन सम्पन्न गर्नका लागि तीन हजार २६४ जना कर्मचारी, एक हजार ६२७ स्वमंसेवक...

उम्मेदवारद्वारा पत्रकार पासवानलाई धम्की

राजविराज, २१ मंसिर । समाचार लेखेको विषयलाई लिएर सप्तरीका एक उम्मेदवारले पत्रकारलाई धम्की दिएको पीडित पत्रकारले जनाएका छन् । वाम गठबन्धनबाट सप्तरी क्षेत्र नं १ प्रदेशसभा क का उम्मेदवार सत्यनारायण मण्डलले स्थानीय पत्रकार राजकुमार पासवानलाई फोन गरी धम्की दिएको राससले जनाएको छ । सप्तरीको कञ्चनपुरबाट प्रकाशित हुने कञ्चनरुप साप्ताहिक...

वाम गठबन्धनका उम्मेदवार कृष्ण दाहालले पनि मतदान गरे

मकवानपुर । बाम गठबन्धनका तर्फबाट मकवानपुर प्रतिनिधिसभासभा १ मा पर्ने कान्ति माद्यमिक विद्यालय ठिंगन मतदान केन्द्रबाट मतदान गरेका छन् । मतदानका लागि हिजै ठिंगन पुगेका उम्मेदवार दाहालले अहिले भर्खरै मतदान गरेको एमाले नेता नारायण सापकोटाले बताएका छन् । सापकोटाका अनुसार, कान्ति मा.वि मतदान केन्द्रमा दाहालले मतदान गरेका हुन् ।

माओवादी अध्यक्ष दाहालद्वारा भरतपुरमा मतदान

चितवन, २१ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका–१४ भीमसेनगरस्थित आधारभूत शान्ति प्रावि केन्द्रबाट मतदान गरेका छन् । उनले आज बिहान ७ १३ बजे मतदान गरेका हुन् । चितवन क्षेत्र नं ३ मा अध्यक्ष दाहाल वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार हुन् । मतदानपछि...

कमल थापाले गरे मतदान

मकवानपुर । राप्रपा अध्यक्ष, सरकारका उपप्रधान तथा उर्जामन्त्री एवम् मकवानपुर प्रतिनिधिसभा १ का लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कमल थापाले मतदान गरेका छन् । थापाले हेटौंडा उपमहानगरपालिका वडा नं. ६ चौघडामा रहेको बंशगोपाल उच्च मा.विको मतदान केन्द्रबाट मतदान गरेका राप्रपाका सहमहामन्त्री राजाराम बतौलाले जानकारी दिएका छन् । बिहान ७ बजेर ४५...

खोटाङमा चितुवा आतंक, दर्जनौँ खसीबाख्रा मारिए

खोटाङ, २१ मंसिर । जिल्लाको दक्षिणी क्षेत्रमा चितुवा आतंक भएको स्थानीयले बताएका छन् । चराउन जंगल लगिएका तथा खोरमै राखिएका बाख्राखसी चितुवाले खान थालेपछि स्थानीयवासी चिन्तित बनेका छन् । जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालय–४ का केदार रोइलाका पाँचवटा बाख्राखसी चितुवाले एकै दिन खाएको स्थानीयले बताएका छन् । जंगलमा चराउन लगिएको अवस्थामा...

सुदूरपश्चिममा चुनावकै मुखमा भूकम्प

बैतडी, २१ मंसिर । बुधबार राति ९ बजेर ४ मिनेटमा बैतडीसहित प्रदेश नम्बर ७ अर्थात सुदूरपश्चिमका अधिकांश जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । खानी तथा भूगर्भ विभाग तथा भूकम्प मापन केन्द्र, काठमाडौँका भूकम्पविद् चिन्तन तिमल्सेनाका अनुसार दार्चुलाबाट २२ किलोमिटर पश्चिम भारतको उत्तराखण्ड केन्द्र बनाएर ५।५ रिक्टर स्केलको भूकम्प...

मकवानपुरमा उम्मेदवारहरुले कहाँ–कहाँबाट भोट दिँदै छन् ?

बलराम पुडासैनी/चन्द्र घलान हेटौँडा, २१ मंसिर । मकवानपुरमा बिहानैदेखि चुनावी चहलपहल शुरु भएको छ । मतदाताहरुसहित उम्मेदवारहरु समेत मतदान गर्नका लागि मतदान केन्द्रतर्फ जान शुरु गरेका छन् । मकवानपुरका शिर्ष नेताहरु पनि यतिखेर मतदानका लागि आतुर छन् । लोकतान्त्रिक गठबन्धनका तर्फबाट मकवानपुरमा प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार एवं...