यसरी हुँदैछ नेपालका विभिन्न भागमा मतदान (फोटो फिचर)

तु खबर संवाददाता
२०७४ मंसिर २१, बिहीबार ०९:४४

मकवानपुर, २१ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दोस्रो चरणमा आज मुलुकका ४५ जिल्लामा मतदान भइरहेको छ । प्रतिनिधिसभा सदस्यका लागि १२८ र प्रदेशसभाका लागि २५६ निर्वाचन क्षेत्रमा मतदान धमाधम हुँदैछ ।
मतदान सुरु भएसँगै मतदातामा उत्साह समेत देखिएको छ । विभिन्न स्थानमा मतदाता र उम्मेदवारहरुले मतदान गरिसकेका छन् ।

हेरौँ तस्बिरमा मतदान–

 

 

 

 

 

प्रतिनिधिसभा र प्रदेशसभाअन्तर्गत बिहीबार दोस्रो चरणमा भएको निर्वाचनमा तनहुँस्थित व्यास नगरपालिकाको सत्यवती मावि मतदान केन्द्रमा मतदान गर्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल । तस्वीर : सूर्यचन्द्र बस्नेत, रासस

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बिहीबार प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणमा भएको निर्वाचनामा भरतपुर महानगरपालिका–१४ शान्तिपुरस्थित आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गर्दै । तस्वीर : नारायण अधिकारी, चितवन, रासस

तनहुँ क्षेत्र–१ का प्रतिनिधीसभाका वाम गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठ किसानले व्यासनगरपालिका–४ स्थित मदर्सा मावि मतदान केन्द्र क बाट मतदान गर्दै । निर्वाचनमा श्रेष्ठ र पौडेलबीच प्रतिस्पर्धा छ । तस्बिर : सानेबहादुर नेपाली, तनहुँ, रासस

चितवनको रत्ननगरस्थित बैरिया मावि मतदान केन्द्रमा बिहीबार भएका मतदानमा भोट हाल्न लामबद्ध मतदाता । तस्बिर : नारायण ढुंगाना, रत्ननगर(चितवन), रासस

नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा झापा क्षेत्र–३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौला क्षेत्र–१ को कलवलगुढी आधारभूत विद्यालयको मतदान केन्द्रबाट बिहीबार मतदान गर्दै । तस्बिर : यज्ञराज आङदेम्बे, दमक, रासस

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कञ्चनपुर–२ का प्रतिनिधीसभाका उम्मेदवार नारायणप्रकाश साउँद कञ्चनपुरको भीमदत्तनगरपालिका–२ स्थित सरस्वती उच्च मावि मतदान केन्द्रमा मतदान गर्दै । तस्बिर : शेरबहादुर सिंह, कञ्चनपुर, रासस

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कञ्चनपुर क्षेत्र–३ का प्रतिनिधीसभाका उम्मेदवार रमेश लेखक कञ्चनपुरको बेदकोट नगरपालिका–८ स्थित बैजनाथ मावि मतदान केन्द्रमा मतदान गर्दै । तस्बिर : शेरबहादुर सिंह, कञ्चनपुर, रासस

भक्तपुरको सानोठिमीस्थित आर्दश उच्च मावि केन्द्रमा बिहीबारको निर्वाचनमा मतदान गर्न लामबद्ध मतदाता । तस्बिर : नवीन पौडेल, रासस

दोस्रो चरणको यस निर्वाचनमा सात हजार ७५२ मतदानस्थल र १५ हजार ३४४ मतदान केन्द्रबाट एक करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने अपेक्षा गरिएको छ ।

यही मंसिर १० गते सम्पन्न पहिलो चरणको निर्वाचनमा ६५ प्रतिशत मत खसेको थियो । आजको निर्वाचनमा ७५ प्रतिशत मत खस्ने अनुमान गरिएको छ ।

निर्वाचन आयोगका अनुसार यस निर्वाचनमा पहिलो हुने निर्वा्चित हुने प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभाका लागि एक हजार ६६३ र प्रदेशसभाका लागि लागि दुई हजार ८१९ उम्मेदवार प्रतिस्पर्धामा छन् । त्यसैगरी, समानुपातिक निर्वाचनतर्फ प्रतिनिधिसभाका ११० र प्रदेशसभाका २२० पदका लागि पाँच हजार ८३८ उम्मेदवार निर्वाचनमा होमिएको राससले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*