समाचार
४५ जिल्लामा दोस्रो चरणको निर्वाचनमा मतदान शुरु
काठमाडौँ, २१ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दोस्रो चरणमा आज मुलुकका ४५ जिल्लामा मतदान शुरु भएको छ । प्रतिनिधिसभा सदस्यका लागि १२८ र प्रदेशसभाका लागि २५६ निर्वाचन क्षेत्रमा शान्तिपूर्ण तवरले मतदान शुरु भएको हो । निर्वाचन कार्यतालिका अनुसार आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान...
मकवानपुरको कमानेमा २ वटा सुतली बम, डिस्पोज गर्ने प्रयासमा सेना
मकवानपुर, २० मंसिर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ कमानेमा २ वटा सुतली बम फेला परेको छ । त्यहाँस्थित चन्द्रोदय माविबाट करिब २ सय मिटर पश्चिम तर्फ भेटिएको सुतली बम डिस्पोज गर्नका लागि नेपाली सेनाको बम डिस्पोजल टोली पुगिसकेको छ । तर अँध्यारोका कारण बम डिस्पोज गर्न सकिएको...
राजनीतिक दलका आमसभा र र्यालीमा बालबालिको प्रयोग
रौतहट, २० मंसिर । निर्वाचनको समयमा राजनीतिक दलका विभिन्न आमसभा तथा र्यालीहरुमा बालबालिकाको प्रयोग भईरहेको पाइएको छ । सिविनसहितका विभिन्न संस्थाले रौतहट जिल्लाको विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा यस्तो तथ्य बाहिर आएको हो । निर्वाचनको समयमा कुनै पनि दलले निर्वाचन प्रचार प्रसारमा बालबालिका प्रयोग गरेको वा नगरेको भन्ने विषयमा...
प्रधानमन्त्री देउवाद्वारा ढुक्क भएर मतदानमा सहभागी हुन आह्वान
काठमाडौँ, २० मंसिर/रासस : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले निर्वाचनमा सुरक्षाको पूर्ण प्रबन्ध मिलाएकाले ढुक्क भएर मतदानमा सहभागी हुन आममतदातालाई आह्वान गरेका छन् । प्रधानमन्त्री देउवाले आज एक विज्ञप्ति जारी गरी लोकतन्त्रको यो सबैभन्दा ठूलो उत्सवलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न नेपाली नागरिक र मतदातालाई आह्वान गरेका हुन्...
चितवनमा नक्कली बम आतंक
रत्ननगर, चितवन, २० मंसिर । निर्वाचन विरोधी तत्वले नक्कली बम राखेर तर्साउने गरेका छन् । बिहीबार हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई प्रभावित गर्न राखिएका बम सबै नक्कली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । “करिब ९,१० स्थानमा यस्ता तर्साउने काम भए”, प्रहरी उपरीक्षक थापाले भन्नुभयो,...
मतदान गर्न घर फर्किँदै मजदुर
–रमेश गिरी भक्तपुर, २० मंसिर । काभ्रेपलाञ्चोक बल्थलीबाट भक्तपुरको ताथलीस्थित श्री इँटाभट्टामा काम गर्न आएका रामप्रसाद श्रेष्ठको छ नाको परिवार आज बिहानै घर फर्किएको छ । कसलाई भोट दिने भन्नेबारेमा निर्णय लिई नसके पनि मत भने दिनैपर्छ भन्दै काम छाडेर सो परिवार घर फर्किएको हो । भक्तपुरका विभिन्न इँटाभट्टामा...
बागदरबार पुनःनिर्माणको प्रतिवेदन पेश गर्न निर्देशन
काठमाडौँ, २० मंसिर । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बागदरबार प्रबलीकरण वा पुनःनिर्माण विषयमा संरचनात्मक विश्लेषणसहितको प्रतिवेदन पेश गर्न काठमाडौँ महानगरपालिका र पुरातत्व विभागलाई निर्देशन दिएको छ । प्राधिकरणमा बसेको विभाग, महानगरपालिका, शिक्षा मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइलगायत सरोकार भएका निकायको बैठकले यस्तो निर्देशन दिएको हो । भूकम्पले क्षति पुगेको सुन्धारास्थित...
मौन अवधिमा मत माग्दै उम्मेदवारहरु, कार्यकर्ताहरु एसएमएसमा व्यस्त
मकवानपुर, २० मंसिर । मौन अवधिमा पनि मकवानपुरमा विभिन्न पार्टीका उम्मेदवारहरु आन्तरिक रुपमा सक्रिय देखिएका छन् । मौन अवधि सुरु भएपछि सार्वजनिक सभा र घरदैलो गर्न नपाईने भएपछि राजनीतिक दलका नेता तथा उम्मेदवारहरु आन्तरिक रुपमा भोट माग्न ब्यस्त छन् । सार्वजनिक रुपमा कार्यक्रम नगरेपनि बिभिन्न समुहमा भेटघाट गर्दै उम्मेदवारहरु...
निर्वाचन बिथोल्ने एक हजार नियन्त्रित
काठमाडौँ, २० मंसिर/रासस : नेपाल प्रहरीले बिहीबार हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन बिथोल्ने काममा संलग्न भएको आरोपमा झण्डै एक हजार जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले निर्वाचन नजिकिएसँगै विभिन्न दलका प्रमुख, नेता, उम्मेदवार तथा कार्यकर्तामाथि आक्रमण गरेको आरोपमा देशभरका विभिन्न स्थानबाट ९५७ जनालाई पक्राउ गरेको हो । नेकपाका...
निर्वाचनको मौका छोपेर काठ तस्कर सक्रिय
सिमरा, २० मंसिर/रासस : मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनको मौका छोपेर काठ तस्कर सक्रिय भएका छन् । सबै सुरक्षाकर्मीको ध्यान यतिखेर निर्वाचनमा केन्द्रित भएको मौका छोपी तस्कर सक्रिय भएका राष्ट्रिय वन छेउछाउका स्थानीयबासीको भनाइ रहेको छ । जिल्लामा रहेका चारवटा साझेदारी वन सहित राष्ट्रिय...









