मकवानपुरको कमानेमा २ वटा सुतली बम, डिस्पोज गर्ने प्रयासमा सेना
मकवानपुर, २० मंसिर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ कमानेमा २ वटा सुतली बम फेला परेको छ ।
त्यहाँस्थित चन्द्रोदय माविबाट करिब २ सय मिटर पश्चिम तर्फ भेटिएको सुतली बम डिस्पोज गर्नका लागि नेपाली सेनाको बम डिस्पोजल टोली पुगिसकेको छ । तर अँध्यारोका कारण बम डिस्पोज गर्न सकिएको छैन ।
