मकवानपुरको एक मतदान केन्द्रमा बमको आशंका
मकवानपुर, २१ मंसिर । मकवानपुर जिल्लाको मनहरी गाउँपालिकामा रहेको एक मतदान केन्द्रमा बम भएको आशंका गरिएको छ । मनहरी गाउँपालिकाको ठाडोखोलामा अवस्थित त्रिरत्न विद्यालय मतदान केन्द्रमा बम रहेको आशंका गरिएको हो ।
पाईपमा तार हालेर गाडिएको अवस्थामा शंकास्पद बस्तु देखिएपछि बमको आशंका गरिएको तर प्रारम्भिक अनुसन्धानबाट बम सो शंकास्पद बस्तु बम नभएको पत्ता लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी दिलिपराज झाले जानकारी दिए ।
अहिले नेपाली सेनाको टोली थप अनुसन्धानका लागि त्यसतर्फ प्रस्थान गरेको छ । डिएसपी झाले मकवानपुरमा अहिलेसम्म शान्तिपूर्ण रुपमै मतदान भईरहेको जानकारी दिएका छन् ।
