नयाँ शक्तिका उम्मेदवार ध्रुवराज ढकालद्वारा मतदान
थाहा नगर, २१ मंसिर । नयाँ शक्ति पार्टीका तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा क का उम्मेदवार ध्रुवराज ढकालले थाहा नगरपाकिलामा मतदान गरेका छन् । उनले थाहा नगरपालिका वडा नम्बर २ सरस्वती निमावि अङ्गारे मतदाता केन्द्रबाट मतदान गरेका हुन् ।
उक्त मतदान केन्द्रमा जम्मा १३ सय ४० जना मतदाताले मतदान गर्ने छन् । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्यको लागि आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचनमा मकवानपुरका २ लाख ५५ हजार ६ सय ४ जना मतदाताले मतदान गर्दैछन् । तीमध्ये करिब २७ हजार मतदाता स्थानीय निकाय निर्वाचनपछि थपिएका हुन् । कुल मतदातामध्ये मकवानपुरमा पुरुष मतदाता १ लाख २९ हजार ६ सय २८, महिला १ लाख २५ हजार ९ सय ७०, तेस्रो लिङ्गी ६ जना रहेका छन् ।
३ सय २४ मतदान केन्द्र रहेको मकवानपुरमा २ हजार ५ सय १३ जना कर्मचारी र ३ हजारभन्दा बढी सुरक्षाकर्मी खटिएका छन् ।
