अछाममा कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताबीच झडप

तु खबर संवाददाता
२०७४ मंसिर २१, बिहीबार १९:२६
तस्बिर–गुगल

-सुशिल भण्डारी
अछाम, मंसिर २१, । अछामको चौरपाटी गाउँपालिका ९५, लुंग्राको दया पिपलतोला मावि मतदान केन्द्रमा नेपाली कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ । झडप हुँदा त्याहाको स्थिती तनावग्रस्त बनेको छ । नेपाली कांग्रेसले फर्जि मत खसालेको आरोप वाम गठबन्धनका कार्यकर्ताले लगाएपछि ढुंगा हानाहान भएको स्थानीय निराजन खड्काले जानकारी दिए ।

स्थितलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड अस्रुग्यास प्रहार गरेको छ । अवस्था उग्र हुने भएपछि अहिले नेपाली सेनाको हेकिप्टरले त्यहाँ गए पनि बस्न नसकेर हवाई गस्ती गरिरहेको छ । झडपमा कति घाइते भए भन्ने एकिन हुन नसकेको स्थानीयले बताएका छन् । अहिले धेरैजसो मतदाता स्थानीयको घरमा लुकेर बसेको बताइएको छ ।

उक्त मतदान केन्द्र अछाम क्षेत्र नं १ प्रदेशसभा क्षेत्र नं १ का नेपाली कांग्रेसका उम्मेदवार मेघराज खड्काको मतदान केन्द्र हो । नेपाली कांग्रेसले फर्जि मत खसालेको आरोप वाम गठबन्धनका कार्यकर्ताले लगाएपछि ढुंगा हानाहान भएको स्थानीय निराजन खड्काले जानकारी दिए । स्थितलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड अस्रुग्यास प्रहार गरेको छ । अवस्था उग्र हुने भएपछि अहिले नेपाली सेनाको हेकिप्टरले त्यहाँ गए पनि बस्न नसकेर हवाई गस्ती गरिरहेको छ । झडपमा कति घाइते भए भन्ने एकिन हुन नसकेको स्थानीयले बताएका छन् । अहिले धेरैजसो मतदाता स्थानीयको घरमा लुकेर बसेको बताइएको छ । उक्त मतदान केन्द्र अछाम क्षेत्र नं १ प्रदेशसभा क्षेत्र नं १ का नेपाली कांग्रेसका उम्मेदवार मेघराज खड्काको मतदान केन्द्र हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*