मकवानपुरमा बिहान ११ बजेबाट मतगणना सुरु
मकवानपुर २१ मसिंर । मकवानपुरमा हिजो (विहिबार ) सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतगणना आज बिहान ११ बजेबाट सुरु हुने जिल्ला निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिएका छन् । ३ सय २४ वटा मतदान केन्द्रबाट प्राप्त भएको मतलाई हिजो हेटौंडामा सहज रुपमा ल्याईएको समेत तिवारीले बताए ।
उनका अनुसार विहान ८ ः ३० बजे सर्वदलिय बैठक बस्ने र ११ बजे बाट मतगणना सुरु हुने छ ।
