रुकुममा प्रतिनिधिसभा सदस्यमा पहिलो निर्वाचित महिला

तु खबर संवाददाता
२०७४ मंसिर २२, शुक्रबार ०६:५४

रुकुम , २२ मंसिर । पूर्वी रुकुममा मतगणना सकिएको छ । रुकुममा नेकपा माओवादी केन्द्रका उम्मेदवार कमला रोका विजयी भएकी छिन् ।
रोकाले निकटम प्रतिस्पर्धी हरिशंकर घर्तीमगरलाई ठूलो मतान्तरले पराजित गरेकी छिन् । उनले १० हजार ४ सय ३४ मत ल्याएकी थिईन् भने घर्तीले ४ हजार ४ सय ६ मत मात्र ल्याएका थिए । त्यस्तै नयाँ शक्तिले पनि रुकुममा १ हजार ४ सय ८९ मत प्राप्त गरेको छ ।

उनी नेकपा माओवादीकी मात्रै होइन यसपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने पहिलो महिला पनि भएकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*