मतगणना प्रारम्भ
काठमाडौँ, २१ मंसिर । मंसिर १० मा सम्पन्न पहिलो चरण निर्वाचनको मतगणना सुरु भएका समाचार विभिन्न जिल्लाबाट प्राप्त भएका छन् ।
संखुवासभा–दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै आज साँझ ५ः३० बजेदेखि यहाँको जिसस सभाहलमा शुरु गरिएको मुख्य निर्वाचन अधिकृत प्रकाश राउतले जानकारी दिएका ।
हलमा दुई भागमा मतगणना गर्ने गरी मतगणना स्थललाई तारजाली गरिएको छ । तारजालीभित्र गणकहरु र बाहिर दलका प्रतिनिधिहरुलाई राखिएको छ । मतगणना स्थलमा सिसि क्यामेरा समेत जडान गरिएको छ ।
धादिङ– यस जिल्लामा मतगणना आज साँझ ५ बजेदेखि शुरु भएको छ ।
यहाँ भिन्दाभिन्दै छ स्थानमा मतगणना सुरु गरिएको छ । तारजालीले घेरेर सुरक्षित बनाइएको मतगणना स्थलभित्र सुरक्षाकर्मी र कर्मचारीमात्र राखेर गणना गर्ने कार्य गरिएको मुख्य निर्वाचन अधिकृत उमेश कोइरालाले बताए ।
धादिङको प्रतिनिधिसभा क्षेत्र नं १ मा एक लाख १८ हजार १५० मतदातामध्ये ७९ हजार ४२३ जनाले मत खसालेका थिए ।
रासस
