समाचार

म्याग्दीको प्रदेशसभा (क) मा माओवादी र (ख) मा एमाले विजयी

बाबियाचौर, म्याग्दी, २२ मंसिर । म्याग्दीको प्रदेशसभा सदस्यमा क्षेत्र क बाट नेकपा माओवादी केन्द्रका विनोद केसी निर्वाचित हुनुभएको छ । नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका केसीले काँग्रेस राप्रपा गठबन्धनका भीमप्रसाद गौचनलाई दुई हजार ५२६ मत अन्तरले पराजित गर्नुभएको राससले जनाएको छ । केसीले १४ हजार...

ललितपुरको तीनवटै क्षेत्रमा मतगणना शुरु

ललितपुर, २२ मंसिर । ललितपुर जिल्लाको तीनैवटा क्षेत्रको मतगणना शुरु भएको छ । क्षेत्र नं १ को बिहान ११ बजे मतगणना शुरु भएको राससले जनाएको छ । । क्षेत्र नं २ र ३ मा रातिबाटै मतगणना शुरु भएको छ । क्षेत्र नं २ मा नेकपा (एमाले) र क्षेत्र नं...

बागलुङमा वाम गठबन्धनको अग्रता

बागलुङ, २२ मंसिर । प्रदेशसभा र प्रतिनिधिसभा सदस्यतर्फ बाग्लुङ जिल्लाका छ वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ । पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभा क्षेत्र नं १ मा नेकपा (एमाले)का सूर्यप्रसाद पाठकले नेपाली काँग्रेसका चम्पादेवी खड्कालाई फराकिलो मतान्तरले पछि पार्दै अग्रता लिइरहनुभएको राससले जनाएको छ । पाठकले १४...

विवादका कारण क्षेत्र नं २ मा मतगणना शुरु हुन सकेन

भक्तपुर, २२ मंसिर । भक्तपुर क्षेत्र नं २ मा विवादका कारण मतगणना कहीले शुरु गर्ने भन्ने अनिश्चित बनेको छ । बिहान १० बजे सर्वदलीय बैठकमा सहमति हुन नसकेपछि मतगणना अनिश्चित बनेको हो । डेढ घण्टा लामो सर्वदलीय बैठकपछि नेपाली काँग्रेसका प्रतिनिधि निशान ढुंगेलले बालकोट घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, घाइतेको...

म्यादी चढेको जीप मकवानपुरको भीमफेदीमा दुर्घटना, २ म्यादीसहित ३ जनाको मृत्यू

मकवानपुर, २२ मंसिर । म्यादी प्रहरी चढेको जीप शुक्रबार मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर २ चुनियाँमा दुर्घटनामा हुँदा २ म्यादी प्रहरीसहित ३ जनाको मृत्यू भएको छ । बिहिबार भएको प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनमा खटिएका म्यादी प्रहरी जिल्ला सदरमुकाम हेटौंडा फर्कँदै गरेको जीप दुर्घटना भएको हो। थाहा...

रुकुम पूर्वका दुवै प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवार विजयी

रुकुम, २२ मंसिर । रुकुम पूर्वका दुवै प्रदेशसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी हुनुभएको छ । प्रदेशसभा क्षेत्र नं (क) मा आफ्ना प्रतिस्पर्धी नेकाका दूतकुमार पुनलाई तीन हजार २८३ मतले पछि पार्दै नेकपा (माओवादी केन्द्र)का तेजबहादुर ओली विजयी हुनुभएको राससले जनाएको छ । विजयी ओलीले...

दाङमा महराको १५८२, राजु खनालको १०७३ नयाँ शक्तिको जम्मा २०

दाङ, २२ मंसिर । दाङ क्षेत्र नम्बर २ को प्रारम्भिक मतपरिणम सार्वजनिक भएको छ । सार्वजनिक भएको मतपरिणाम अनुसार, वाम गठबन्धनको तर्फबाट कृष्णबहादुर महरा र प्रदेशसभा (क)मा एमाले नेता शंकर पोखरेलले अग्रता लिएका छन् । २९३६ मत गणना हुँदा महराले १५८२ र प्रतिद्वन्द्वी काँग्रेसका राजु खनालले १०७३ मत पाएका...

धनुषा क्षेत्र नं ३ को मतगणना शुरू

जनकपुरधाम, २२ मंसिर : धनुषा जिल्ला क्षेत्र नं ३ को प्रतिनिधिसभा र प्रदेशसभाको सदस्यको मतगणना शुरू भएको छ । महेन्द्रनारायण निधि सांस्कृतिक केन्द्रमा सो क्षेत्रअन्तर्गत विदेह नगरपालिका–९ र जनकपुर उपमहानगरपालिका–११ को मतपेटिकाबाट मतगणना शुरू भएको जनाइएको छ । सो क्षेत्रका (क) मा ५३ हजार ३५ र (ख) मा ४४ हजार...

डोल्पा प्रदेशसभा क्षेत्र नं (क) मा एमालेका बुढा विजयी

दुनै, डोल्पा, २२ मंसिर (रासस) : बिहीबार राति ९ः३० बजेबाट शुरु भएको प्रदेशसभा क्षेत्र नं १ (क) को मतगणना सम्पन्न भएको छ । वाम गठबन्धनबाट उम्मेदवार एमालेका नन्दसिंह बुढा पाँच हजार ४९० मत ल्याएर विजयी भएको मुख्य निर्वाचन कार्यालय डोल्पाले जनाएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बेगमसिंह ठकुरीले एक...

दोलखामा ५.२ रिक्टरको पराकम्प

काठमाडौँ, २२ मंसिर । दोलखाको जिरी केन्द्रविन्दु भई ‘गोरखा भूकम्प’को परकम्प गएको छ । आज बिहान ८ बजेर ३६ मिनेट जाँदा ५.२ रिक्टर स्केलको पराकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् चिन्तन तिमल्सिनाले जानकारी दिनुभएको राससले जनाएको छ । दोलखा सदरमुकाम चरिकोटनजिक केन्द्रविन्दु रहेकाले उक्त...