समाचार

झापामा सबैको चुनावी मुद्दा ‘हात्ती नियन्त्रण’

– चन्द्रकला भण्डारी काँकडभिट्टा, ३० कात्तिक । झापाका बहुसंख्यक बासिन्दा जंगली हात्तीको समस्याबाट पिरोलिएका कारण आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावमा मतदाता फकाउन ‘हात्ती नियन्त्रण’ मुख्य मुद्दा बनेको छ । झापामा कुल पाँचलाख ८५ हजार २२८ मतदाता रहेका छन् । त्यसको लगभग आधा अर्थात दुई लाख ४४ हजार मतदाता प्रत्यक्षरुपमा...

धादिङमा चेपाङका लागि खानेपानी योजना

धादिङ, ३० कात्तिक । धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ स्यामै डाँडामा चेपाङकाल लागि खानेपानी आयोजना शुरु गरिएको छ । वर्षौँ देखि खानेपानीको समस्या खेपिरहेका चेपाङ समुदायलाई राहत पुग्ने गरी सत्य साई सेवा संगठन, नेपालले सामुदायिक खानेपानी योजना शुरु गरेको हो । कूल ६१ घर चेपाङको मात्र बस्ती रहेको...

भैँसी विज्ञको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन

रत्ननगर, चितवन, ३० कात्तिक । चितवनको सौराहामा बुधबारदेखि भैँसी विज्ञको पहिलो अन्तरराष्ट्रिय सम्मेलन शुरु भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति डा आइपी ढकालले उक्त सम्मेलनको उद्घाटन गरेका छन् । विश्वविद्यालयको पशु विज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान संकायको आयोजनामा शुरु भएको सम्मेलनमा नेपालसहित विभिन्न ११ देशका २००...

उम्मेदवारमाथि बम प्रहार भएपछि भोजपुरमा सुरक्षा व्यवस्था कडा

भोजपुर, ३० कात्तिक । भोजपुरमा एक उम्मेदवारमाथि बम प्रहार भएपछि सुरक्षा व्यवस्था कडा गरिएको छ । भोजपुरमा नेकपा एमालेका तर्फबाट प्रदेशसभाका उम्मेदवार शेरधन राईको गाडीमा बम प्रहार भएपछि सुरक्षा व्यवस्थामा कडा बनाइएको हो । भोजपुरको सदरमुकाममा बुधबार बसेको सर्वदलीय बैठकले सुरक्षालाई कडा बनाउने निर्णय गरेको हो । बैठकले अंगरक्षक...

शेरबहादुरलाई भेटेको र बर्षमान पुनमाथि गोली हानेको कुरा हावादारी : नेकपा प्रवक्ता प्रकाण्ड

काठमाडौं, ३० कात्तिक । नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीका कसैले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई नभेटेको जनाएको छ । सो पार्टीका प्रवक्ता तथा स्थायी समिति सदस्य प्रकाण्डले नेकपा महासचिव नेत्र विक्रम चन्द विप्लवले शेरबहादुर देउवालाई भेटेको भन्ने कुरा निराधार भएको बताएका हुन् । उनले नेकपाको बद्नाम हुने गरी हावादारी समाचार...

अफगानिस्तानमा मधुमेहका कारण वर्षेनी १९ हजार ७ सयको मृत्यु

काबुल, २९ कात्तिक (रासस/सिन्ह्वा) : अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले वर्षेनी १९ हजार ७ सय जनाको मृत्यु मधुमेह रोगका कारण हुनेगरेको बुधबार जनाएको छ । सन् २०१२ मा अन्तर्राष्ट्रिय मधुमेह महासंघले पत्ता लगाएको तथ्यांकमा अफगानिस्तानमा मात्रै मधुमेहका कारण १९ हजार ७७३ जनाको मृत्यु भएको देखाइएको छ, मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको...

हाँडीखोला र भैँसेमा मानव बेचविखन बिरुद्धको नाटक मञ्चन 

मकवानपुर, ३० कात्तिक । “बाल मैत्री शासनः बाल अधिकारको सम्मान” भन्ने मुल नाराका साथ विद्यालय तहका विद्यार्थीहरुलाई लक्षित गरी मानव बेचविखन तथा ओसारपसार विरुद्धको चेतनामूलक  नाटक प्रदर्शन गरिएको छ । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई लक्षित गरी मनहरी गाउँपालिका अन्र्तगत महेन्द्रज्योति उच्च मावि हाँडीखोला र भिमफेदी गाउँपालिका अन्र्तगत श्रीकृष्ण मावि...

विप्लवको दुई कार्यकर्ता मकवानपुरमा पक्राउ, पार्टीद्वारा विरोध

मकवानपुर, ३० कात्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका दुई कार्यकर्तालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पार्टीले घटनाको घोर भत्र्सना गर्दै निकालिएको प्रेस विज्ञप्तिमा प्रहरीले दुई जना कार्यकर्तालाई पक्राउ गरेको बताइएको छ । पार्टीका जिल्ला ईन्चार्ज विरवहादुर घलान ज्वाला र रामबहादुर घलान अनुरागद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख...

मलेसियामा एक नेपालीको मृत्यु

राजविराज, २९ कात्तिक (रासस) : वैदेशिक रोजगारीका क्रममा सप्तरीबाट मलेसिया गएका एक नेपालीको मृत्यु भएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–१, तिलाठी बस्ने अन्जनीकुमार चौधरीको मलेसियामा मृत्यु भएको उनको परिवारजनले आज जनाएको छ । वैदेशिक रोजगारीका क्रममा मलेसियाको मेमारा रेकाल एसडिआइभी बिएचडी कम्पनीमा कार्यरत चौधरीले मंगलबार राति खाना खाएर...

भूकम्पबाट ४५ करोड अमेरिकी डलर बराबरको क्षति

तेहरान, कात्तिक २९ (रासस/सिन्ह्वा) : इरान र इराकको सीमाक्षेत्रमा गत आइतबार गएको ७.३ म्याग्नीच्युडको शक्तिशाली भूकम्पपछि गरिएको प्रारभिक सर्वेक्षणबाट ४५ करोड अमेरिकी डलर बराबरको क्षति भएको छ । तासनिम समाचार समितिले मङ्गलबार सो जानकारी दिएको छ । भूकम्पबाट आवासीय, व्यापारिक र औद्योगिक भवनलगायत प्रशासनिक संचरनाको नोक्सानलाई लिएर तयार पारिएको...