मकवानपुर १ को क मा पुलामी र लामिछानेको भिडन्त
मकवानपुर, २२ मंसिर । मकवानपुर क्षेत्र नम्बर १ को क मा १ हजार २ सय ४६ मतगणना भएको छ । हाम्रा समाचार प्रमुख बलराम पुडासैनीले दिएको जानकारी अनुसार अहिले नेकपा माओवादीका तर्फबाट क्षेत्र नम्बर १ को क का प्रदेशसभा सदस्य उम्मेदवार प्रेमबहादुर पुलामी ८८ मतले अगाडि भएका छन् ।
पुलामीले ६ सय ३५ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसका उम्मेदवार धर्मराज लामिछानेले ५ सय ४७ मत प्राप्त गरेका छन् ।
