बागलुङमा वाम गठबन्धनको अग्रता

तु खबर संवाददाता
२०७४ मंसिर २२, शुक्रबार १३:२०

बागलुङ, २२ मंसिर । प्रदेशसभा र प्रतिनिधिसभा सदस्यतर्फ बाग्लुङ जिल्लाका छ वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ ।

पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभा क्षेत्र नं १ मा नेकपा (एमाले)का सूर्यप्रसाद पाठकले नेपाली काँग्रेसका चम्पादेवी खड्कालाई फराकिलो मतान्तरले पछि पार्दै अग्रता लिइरहनुभएको राससले जनाएको छ । पाठकले १४ हजार ९१२ मत प्राप्त गर्नुभएको छ भने खड्काले ९ हजार ८७० मत प्राप्त गर्नुभएको छ ।

यस्तै, प्रतिनिधिसभा क्षेत्र नं २ मा पनि वाम गठबन्धनका उम्मदेवार नेकपा (माओवादी केन्द्र)का देवेन्द्र पौडेलले काँग्रेसका नीरज पुनलाई पछि पार्दै शुरुदेखि नै अग्रता लिइरहनुभएको छ । पौडेलले १० हजार ७४९ मत प्राप्त गर्नुभएको छ भने पुनले ८ हजार ५५३ मत लिनुभएको छ । प्रदेशसभातर्फका चारवटै क्षेत्रमा पनि वाम गठबन्धनका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*