म्यादी चढेको जीप मकवानपुरको भीमफेदीमा दुर्घटना, २ म्यादीसहित ३ जनाको मृत्यू

तु खबर संवाददाता
२०७४ मंसिर २२, शुक्रबार १३:००

मकवानपुर, २२ मंसिर । म्यादी प्रहरी चढेको जीप शुक्रबार मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर २ चुनियाँमा दुर्घटनामा हुँदा २ म्यादी प्रहरीसहित ३ जनाको मृत्यू भएको छ ।
बिहिबार भएको प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनमा खटिएका म्यादी प्रहरी जिल्ला सदरमुकाम हेटौंडा फर्कँदै गरेको जीप दुर्घटना भएको हो। थाहा नगरबाट शुक्रबार बिहान हेटौंडा तर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा चालक र दुई म्यादी प्रहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी दिलिपराज झाले जानकारी दिए ।
चालक र म्यादी प्रहरीको घटनास्थलमा नै मृत्यु भएको हो । मृत्यु हुनेहरुको सनाखत हुन सकेको छैन । एकजना म्यादी प्रहरी सामान्य घाइते भएको प्रहरीले जनाएको छ । अहिले उद्वार डिएसपी झासहितको टोली घटनास्थल तर्फ लागेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*