मकवानपुरमा यसरी भयो बम बिस्फोट, बम पड्केपछि भागेका एक युवक पक्राउ

तु खबर संवाददाता
२०७४ मंसिर २१, बिहीबार २१:१९

मकवानपुर, २१ मंसिर । मकवानपुरमा मतपेटिका बोकेको गाडीलाई लक्षित गरी २ वटा बम बिस्फोट भएपछि शसस्त्र प्रहरीले १ जना युवकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले लेवटका २० वर्षीय सुनिल लामालाई नियन्त्रणमा लिएको शशस्त्र प्रहरी नायव उपरिक्षक (डिएसपी) त्रिभुवन विष्टले बताए । उनलाई प्रहरीको जिम्मा लगाइएको छ ।

मकवानपुरको क्षेत्र नम्बर २ अन्तर्गत पर्ने मनहरी गाउँपालिका वडा नम्बर १ चकरी मकरी बाट मतपेटिका बोकेर हेटौंडा आउँदै गरेको गाडीलाई लक्षित गरी बम बिस्फोट भएपछि ती युवा भागेका थिए । उनी संकाश्पद अवस्थामा भागेपछि उनलाई पक्राउ गरिएको हो ।

हेटौंडा उपमहानगरपालिकाको पदमपोखरी र मनहरी गाउँपालिकाको बिच सिमानामा बम बिस्फोट भएको स्थानियको भनाई छ । बिस्फोट हुँदा बुथ बोकेको पछाडिको सुरक्षाकर्मी सहितको गाडी करिब डेढ फिट माथिसम्म उफ्रिएको थियो । डिएसपी विष्टका अनुसार बमका कारण स्पेयर्स टायरमा क्षति पुगेपनि मानविय क्षति भने भएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*