समाचार

एकै वडाबाट ८ जना पक्राउ

काठमाडौं, ०८ साउन । सिराहाको लहान नगरपालिका–१७ बस्ने १८ वर्षीय रमेशकुमार चौधरी सहित ८ जनालाई लागूऔषध गाँजा ५० केजी र १ थान तराजु सहित सोमबार प्रहरीले पक्राउ गरेको छ । सोही ठाँउ बस्ने बगेश्वर चौधरीको घरमा लुकाई छिपाई बिक्री गर्न लैजानका लागि प्याकिङ गर्दै गरेको अवस्थामा उनीहरुलाई उक्त गाँजा...

हेटौँडाको फरेष्ट्री गेटबाट ३ जना पक्राउ

मकवानपुर, ०८ साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ फरेष्ट्र्ी अगाडिबाट ३ जना पक्राउ परेका छन् । प्रहरीले भारत युपी प्रदेश घर भएका २२ वर्षीय ईन्देश मधेशिया सहित ३ जनालाई लागूऔषध कोरेक्स १ सय ८ एम्पुल सहित सोमबार पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको...

अपडेट– स्कुलरोडमा सांगामीको भान्साकोठामा आगलागी

मकवानपुर ८ साउन । हेटौंडाको स्कुलरोडस्तिथ कविन सांगामीको घरमा आगोलागी भएको छ । अत्याधिक हिटको कारणले आगोलागी भएको हुनसक्ने घरधनी कविन सांगामीले जानकारी दिए । आगोलागी भएको केहि बेरमै दमकलले आगो नियन्त्रणमा लिएको थियो । आगोलागीबाट करीब १ लाख भन्दा बढीको क्षती भएको तर मानविय क्षती भने नभएको जनाईएको...

स्कूलरोडमा व्यवसायीको विरोधपछि नो पार्किङ हट्यो

हेटौँडा, ०८ साउन । सडक नबढाउने तथा अटो तथा मयुरीलाई धमाधम दर्ता गरेर सडकलाई नो पार्किङ जोन घोषणा गर्ने हेटौँडा उपमहानगरपालिकाको निर्णय विरुद्ध हेटौँडा ४ स्कूल रोडका व्यवसायीहरुले तिब्र रुपमा विरोध गरेपछि उपमहानगरपालिका पछि हटेको छ । उपमहानगरपालिकाले मंगलबार बिहान ७ बजेबाटै प्रहरी समेत तैनाथ गरेर नो पार्किङ एरिया...

हेटौंडाको स्कुलरोडमा भर्खरै आगलागी

मकवानपुर ८ साउन । हेटौंडाको स्कुलरोडस्तिथ एक घरमा आगोेलागी भएको छ । भर्खरै आगोलागी भएको स्थानीयहरुले बताएका छन् । आगोलागीको कारण बारे पुर्ण जानकारी भने आइसकेको छैन । घरको भान्सा कोठाबाट ग्यास लिक भएपछि आगो लाग्न शुरुभएको र घरसम्म सल्किएको हुनसक्ने अनुमान लगाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी बुद्धिराज...

विपक्षी निरिह भएर मार्सी चामको विज्ञापन गरे : प्रधानमन्त्री

काठमाण्डौ ८ साउन । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरु निरिह बन्दै गएपछि मार्सी चामलको विज्ञापन गर्दै आफुलाई होच्याउन खाजेको बताएका छन् । नेकपा निकट पत्रकारहरुसँग आज छलफलमा उनले आफुहरु आफू दुर्गा प्रसाइँकहाँ गएर मार्सी चामलको भात खाएको बताए । उनले भने प्रचण्ड जी संगै दुर्गा प्रसाईकोमा गएर मार्सी...

अन्तत : कानुनमन्त्री तामाङको पद खोसियो

काठमाडौँ ८ साउन । कानुनमन्त्री शेरबहादुर तामाङको पद खोसिने भएको छ । नेपाल कम्युनिष्ट पार्टीको सोमबार बसको बैठकले उनलाई राजिनामा दिन निर्देशन सहितको निर्णय गरेपछि मन्त्री तामाङको पद खोसिने भएको हो । सोही बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई राजीनामा दिन निर्देशन दिएको काठमाण्डौका सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रधानमन्त्री...

डा. केसीको सत्याग्रहप्रति समर्थन जनाउँदै नयाँ शक्ति मकवानपुरले बुद्धचोकमा प्रदर्शन गर्ने

मकवानपुर ८ साउन । चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग सहित १५ औं पटक अनसनरत डा . गोविन्द केसीको सत्याग्रहप्रति सर्मथन जनाउँदै नयाँ शक्ति पार्टी नेपाल मकवानपुले हेटौंडाको बुद्धचोकमा शान्तिपुर्ण प्रदर्शन गर्ने भएको छ । डा.केसीका जायज मागहरुको सम्बोधन गर्न सरकारलाई दवाव दिने उदेश्य सहित आफुहरुले शान्तिपुर्ण प्रर्दशन गर्ने तयारी...

मकवानपुरको थाहा नगरमा यसरी पल्टियो ट्रिपर

मकवानपुर ८ साउन । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ खानीगाउँमा ट्रिपर दुर्घटना भएको छ । थाहा नगरपालिका वडा नं ६ बज्रवाराहीबाट पालुङ तर्फ जाँदै गरेको ना ५ ख ३६४६ नं। को टिप्पर पल्टेको थाहा नगरपालिकास्थित विकासखबरले जनाएको छ । दुर्घटनामा परेका चालकको अवस्था सामान्य रहेको बताइएको छ ।...

मनहरीमा क्युकोसेन कराँते संघ गठन

मकवानपुर, ०७ साउन । पश्चिम मकवानपुरको मनहरीमा क्युकोसेन कराँते संघ गठन गरिएको छ । नारायण श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय मनहरी क्युकोसेन संघ गठन गरिएको मनहरीबाट संचारकर्मी जयराम मोक्तानले जानकारी दिएका छन् । संघको उपाध्यक्षमा प्रकाश लामा स्याङ्तान , कोषाध्यक्षमा बिमला घलान , सचिवमा नविन मुक्तान चयन भएका छन ।...