ट्याक्सी खोलामा खस्यो, आमा छोरा बेपत्ता

तु खबर संवाददाता
२०७५ श्रावण १८, शुक्रबार १३:४५
File Photo

म्याग्दी, १८ साउन । बेनी बजारमा ट्याक्सी चलाउन सिक्ने क्रममा अनियन्त्रित भइ ट्याक्सी खोलामा खसेपछि उक्त ट्याक्सीमा रहेका आमा छोरा बेपत्ता भएका छन् ।

शुक्रबार बिहान म्याग्दीको सदरमुकाम बेनीबजारस्थित खुलामञ्च नजिकै रहेको बहुउद्देश्यीय खेल मैदानबाट ध १ ज २५१ नम्बरको ट्याक्सी चलाउन सिक्ने क्रममा म्याग्दीखोलामा पर्वतको जलजला–२, बौरकी शोभा अधिकारी खाती र उनका ८ वर्षीय छोरा सागर खाती बेपत्ता भएका हुन् ।

ट्याक्सी चलाउन सिकाउने न्यू बेनी इन्स्टिच्युटका प्रशिक्षकले आफू पिसाब गर्न गएको समयमा दुर्घटना भएको बताएको बयान दिएका छन् । बेपत्ता आमाछोरा र ट्याक्सीको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*