नगर न्यायिक समितिमा १९ मुद्धा
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको न्यायिक समितिमा हालसम्म १९ वटा मुद्धा परेको समाचार आजको हेटौंडा सन्देश दैनिक मा छ ।
न्यायिक समितिमा परेका १९ मुद्धा मध्ये २ वटा मुद्धामात्र मेलामिलाप भएका छन् । समितिले अदालत पठाउन सिफारिस गरेका मुद्धा २ वटा छन् । न्यायिक समितिका संयोजक मीना लामाका अनुसार, न्यायसम्पादनलाई प्रभावकारी बनाउन १९ वटै वडामा ६६ जना मेलमिलापकर्ता राखिएको छ ।
