त्रिभुवन विमानस्थलको धावनमार्गमा चिरा पर्यो, हवाई उडान र अवतरण रोकियो

तु खबर संवाददाता
२०७५ श्रावण १८, शुक्रबार १२:१४

काठमाडौं, १८ साउन । त्रिभुवन विमास्थलको धावनमार्गमा शुक्रबार बिहानै चिरा परेपछि हवाई उडान र अवतरण रोकिएको छ । बिहान एक्कासी धावनमार्ग चिरा परेपछि उडान र अवतरण रोकिएको हो ।

अहिले विभिन्न देशबाट आएका जहाज आकाशमै होल्ड भएका छन् । साथै ती जहाजहरुलाई अवतरण गराउनका लागि अहिले विमानस्थल खुला गरिएको बताइएको छ । होल्डमा रहेका जहाज अवतरण भैसकेपछि फेरि उडान र अवतरण बन्द गरेर धावनमार्गको मर्मत गरिने जानकारी प्राप्त भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*