समाचार

आज कात्यायनी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । आज आश्विन शुक्ल षष्ठीका दिन । यसदिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । हरेक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा रहेको छ । कुनै समय देवताहरूको कार्यसम्पादन गर्न भगवती...

दुर्घटनामा परेर मोटरसाइकल चालकसहित दुई जनाको मृत्यु

बुटवल । बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बदेलपोखरी माथिको नुवाकोट डाँडाबाट बुटवलतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक बुटवल उप–महानगरपालिका–११ बुद्धनगरका १९ वर्षीय विशाल परियार र पछाडि सवार दाङको राप्ति गाउँपालिका–२ का १८ वर्षीय...

राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई आएको उक्त विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् । सो विधेयकलाई राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम...

डेंगुबाट मृत्यु हुनेको संख्या ८ पुग्यो

काठमाडौं । नेपालमा डेंगुबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । गत जनवरी १ देखि ७ अक्टोबरसम्म डेंगु संक्रमणबाट सो संख्यामा मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, सो अवधिमा १७ हजार ६०२ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ । डेंगुबाट ७६ जिल्ला प्रभावित...

सरकारले वैदेशिक रोजगारीमा मृत्यु हुनेका परिवारलाई १० लाख दिने

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले १० लाख रुपैयाँ दिने भएको छ । असोज १८ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । बैठकले वैदेशिक रोजगार नियमावली २०६४ को छैटौँ संशोधन गर्दै आर्थिक सहायता रकम वृद्धि गरेको हो । यसअघि ७ लाख रुपैयाँ दिँदै आएको...

मंगलबार २७ अंकले घट्यो नेप्से

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार । यसदिन शेयर बजार परिसूचक (नेप्से) २७ दशमलव ३९ अंकले घटेको छ । मंगलबार बजार परिसूचकमा सो बराबरको गिरावट हुँदा बजार परिसूचक २ हजार ६ सय ६३ दशमलव ३२ अंकमा झरेको छ । आज बजारमा ४ अर्ब ५९ करोड रुपैयाँ...

निर्वाचन आयोगले बुझायो राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन बुझाएको छ । आयोगले आर्थिक वर्ष २०८०–०८१ मा सम्पादन गरेका कामहरूको प्रतिवेदन राष्ट्रपति समक्ष बुझाएको हो । मंगलबार आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राष्ट्रपति कार्यालय शितलनिवास पुगेर सो प्रतिवेदन राष्ट्रपति पौडेललाई प्रदान गरेका हुन् । सो अवसरमा राष्ट्रपति पौडेलले...

बाढी–पहिरोले देशभरका १५० विद्यालयमा क्षति

काठमाडौं । असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण गएको बाढी–पहिरोले देशभरका १५० विद्यालयमा क्षति पुर्याएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संकलन गरेको क्षतिको विवरण अनुसार हालसम्म १५० विद्यालयमा क्षति पुगेको हो । तीमध्ये कतिपय पूर्ण रूपमा भत्किएका छन् भने केहीमा आंशिक क्षति पुगेको शिक्षा...

दक्षिणकालीबाट पक्राउ परे मकवानपुरका गोले

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका–५ फर्पिङ चेक पोष्टबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित मकवानपुरका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २ बस्ने २१ वर्षीय सन्देश भन्ने मिचेन गोले रहेका छन् । उनलाई २ किलो ८ सय ६० ग्राम गाँजासहित सोमबार साँझ पक्राउ गरेको...

विद्युतीय मोटरबाट करेन्ट लागेर युवकको मृत्यु

रौतहट । रौतहटमा विद्युतीय मोटरबाट करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय यमुनामाई गाउँपालिका–५, मिठुअबा गाउँका २६ वर्षीय अस्लोक कुमार महतो रहेका छन् । प्रहरीका अनुसार, उनलाई आफ्नै खेतमा धान बालीमा पानी हाल्न जडान गरिएको मोटरको तार जोडने क्रममा करेन्ट लागेको थियो । उनको उपचारको...