मंगलबार २७ अंकले घट्यो नेप्से

तु खबर संवाददाता
२०८१ आश्विन २२, मंगलवार १५:४३

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार । यसदिन शेयर बजार परिसूचक (नेप्से) २७ दशमलव ३९ अंकले घटेको छ ।

मंगलबार बजार परिसूचकमा सो बराबरको गिरावट हुँदा बजार परिसूचक २ हजार ६ सय ६३ दशमलव ३२ अंकमा झरेको छ । आज बजारमा ४ अर्ब ५९ करोड रुपैयाँ बराबरको कारोबार भएको जनाइएको छ ।

यस्तै, आज बजारमा २ सय ४४ कम्पनीको शेयर कारोबार हुँदा २ सय ७ कम्पनीको मूल्य घटेको छ ।

३५ कम्पनीको मूल्य बढ्दा २ कम्पनीको मूल्य स्थिर रह्यो । आज बजारमा १३ मध्ये १२ वटा उपसूचकमा गिरावट आएको छ ।