प्रेस काउन्सिल नेपालका कर्मचारीहरु आन्दोलित
काठमाडौँ । प्रेस काउन्सिल नेपालका कर्मचारीहरुले आज समान रुपमा महँगी भत्ताको माग गर्दै कार्यालय परिसरमा धर्ना दिएका छन् । नेपाल सरकारले उपलब्ध गराउने निर्णय गरेको भत्ता लामो समयदेखि रोकिएको भन्दै न्यायको माग सहित आन्दोलन गरेका हुन् ।
आज विहानै कार्यालय खुल्ने वित्तिकै कर्मचारीहरुले गेटमा धर्ना दिएका थिए । गत माघ महिनादेखि महँगी भत्ता उपलब्ध नगराइएको भन्दै स्थायी कर्मचारीहरूले असन्तुष्टि जनाउँदै आन्दोलन सुरु गरेका हुन् ।
लामो समयदेखि महँगी भत्ता रोकिँदा आर्थिक भार बढ्दा समेत चासो नदिएको भन्दै उनीहरुले आन्दोलन गरेका हुन् । पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान नभएपछि आन्दोलनको बाटो रोज्नुपरेको एक आन्दोलनमा सहभागी कर्मचारीले बताए ।
प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र झुषालले कर्मचारीहरुले भत्ता नपाएको बिषयमा पटक पटक छलफल भई बजेट निकासा गराउन पहल भइरहेको र धेरै समय भएकोले कर्मचारीहरु भत्ता नै नआउने हो कि भनेर आत्तिएको हुनसक्ने बताए ।
