समाचार
जलसतह घटेसँगै बन्द गरियो कुलेखानी ड्यामको ढोका
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर २ स्थित कुलेखानी प्रथम जलविद्युत् आयोजनाको जलाशय (इन्द्रसरोवर ताल) को जलसतह घटेसँगै दुबै ढोका बन्द गरिएको छ । जलाशयमा क्षमताभन्दा बढी पानी भरिएपछि शनिबार खोलिएको ड्यामको दुबै ढोका आज बन्द गरिएको कुलेखानी प्रथम जलविद्युत् आयोजनाका प्रमुख तारादत्त भट्टले जानकारी दिए । उनका...
विपद् पीडितलाई ५० लाख सहयोग गर्ने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले विपद् पीडितलाई ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले विपद् पीडितका लागि तत्कालका लागि ५० लाख रुपैयाँ सरकारको कोषमा हस्तान्तरण गर्ने निर्णय गरेको हो । सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठ आइतबार बसेको बैठकले उक्त निर्णय गरेको...
अवैध लागूऔषधसहित चार जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित देशको छुट्टाछुट्टै स्थानबाट चार जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली, मौरङ र बाजुरा जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका–१५, कनरीबाट अवैध लागूऔषध ब्राउनसुगर २ सय ९० मिलिग्रामसहित शनिबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
बागमती प्रदेशः बाढी–पहिरोमा परेर ४९ जनाको मृत्यु
मकवानपुर । बागमती प्रदेशमा बाढी–पहिरो र डुबानमा परेर ४९ जनाको मृत्यु भएको छ । असोज ११ र १२ गतेको वर्षाका कारण आएको बाढी–पहिरो र डुबानमा परेर काठमाडौं उपत्यका बाह्ेक उनीहरुको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । प्रदेश प्रहरीका अनुसार, बाढी–पहिरोमा परेर धादिङ र काभ्रे जिल्लामा...
पहिरोमा परी बेपत्ता वत्सलादेवीका ६ विद्यार्थीको शव फेला
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३, सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत ६ विद्यार्थीको शव भेटिएको छ । कुलेखानी जलविद्युत आयोजनाको इन्द्रसरोवर ताल भरिएर शनिबार विहान जलाशयको २ वटै ढोका खोलीएपछि विद्यालयको छात्राबासबाट सुरक्षित स्थलतर्फ सार्न खोज्दा बेपत्ता भएका ६ जना बेपत्ता भएका थिए । बेपत्ता ६ जनाको...
विपद् प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने बागमती सरकारको निर्णय
मकवानपुर । बागमती प्रदेश सरकारले विपद् प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश सरकारको शनिबार साँझ बसेको आकस्मिक बैठकले बाढी–पहिरो, डुबानलगायत विपद्मा परेका नागरिकलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउने निर्णय गरेकोे बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले जानकारी दिए । बैठकले प्रदेश सरकारका निकायबाट क्षतिको...
त्रिवि र पूर्वाञ्चलको १३ र १४ गते हुने परीक्षा स्थगित
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तह दोस्रो वर्षको सम्पूर्ण परीक्षा स्थगित गरेको छ । असोज १० देखि संचालनमा रहेको स्नातक तह दोस्रो वर्षको आज असोज १३ गते हुने परीक्षा स्थगित भएको त्रिविले जनाएको छ । त्रिविका अनुसार, मानविकी, शिक्षा शास्त्र तथा व्यवस्थापन सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान...
मौसम अनुकूल भएसँगै हवाई सेवा संचालन
काठमाडौं । मौसम अनुकूल भएसँगै हवाई सेवा संचालनमा आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै देशका अन्य आठ वटा विमानस्थलबाट हवाई सेवा संचालनमा आएको हो । आज राति १० बजेसम्म ‘इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स’ (आइएफआर) प्रणालीमा उडान अनुमति दिइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार,...
नौबिसे–नागढुंगा सडकको झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्था भेटियो
काठमाडौं । नौबिसे–नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा आज बिहान एउटा बस पुरिएको अवस्थामा भेटिएको छ । उक्त बस निकाल्न डोजरको प्रयोग गरेर पहिरो पन्छाई रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, बसको केही भाग मात्र देखिएको छ भने सो बसको नम्बर पनि खुलेको छैन । गोरखाबाट शुक्रबार काठमाडौंका लागि छुटेको...
प्रचण्डले बोलाएको सर्वदलीय बैठक स्थगित
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको सर्वदलीय बैठक स्थगित भएको छ । अध्यक्ष प्रचण्डले अविरल वर्षा, बाढी–पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न आज बिहान १० बजे बस्ने गरी सर्वदलीय बैठक डाकेका थिए । नेपाल सरकारले पहल...









