समाचार

दुग्ध उत्पादक कृषकको रकम सुनिश्चित गर्दै मनहरी गाउँपालिका

मकवानपुर । पछिल्लो समय दुग्ध उत्पादक कृषकहरु आफुले बिक्री गरेको दुधको रकम समयमै नपाएर पीडित छन् । देशका अधिकांश कृषक पशुपालन र दुग्ध उत्पादन तथा बिक्री–वितरणको व्यवसाय गर्दछ । राज्यले त्यसको व्यवस्थित गर्न नसक्दा झण्डै ८० प्रतिशत कृषकहरु यो व्यवसायमा आत्मनिर्भर बन्न सकेका छैनन् । कृषकहरुले उत्पादन गरेको दुध...

भीमफेदी कारागारका कैदीबन्दीलाई खसी र खाद्यान्न सहयोग

मकवानपुर । मकवानपुरको भीमफेदी कारागारका कैदीबन्दीलाई खसी र खाद्यान्न सहयोग भएको छ । कारगारका कैदीबन्दीलाई मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष बखान सिं पाख्रीनको नेतृत्वमा कारागार पुगेको टोलीले खसी र खाद्यान्न सहयोग गरेको हो । नेपालीहरुको महान पर्व विजयादशमीको उपलक्ष्यमा भीमफेदीस्थित कारागारका कैदीबन्दीहरुलाई खसी र खाद्यान्न उपलब्ध...

सामाजिक सुरक्षा कोषमा ६६ अर्ब १८ करोडभन्दा बढी रकम संकलन

काठमाडौं । सामाजिक सुरक्षा कोषमा ६६ अर्ब १८ करोडभन्दा बढी रकम संकलन भएको छ । कोषमा सूचीकृत हुने योगदानकर्ताको संख्यामा वृद्धि भएसँगै ६६ अर्ब १८ करोड ९२ लाख रुपैयाँ रकम संकलन भएको हो । चालू आर्थिक वर्ष २०८१–८२ को भदौ–असोज तेस्रो सातासम्म कोषमा ८ अर्ब ६३ करोड ११ लाख...

राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले एउटा विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपछि पौडेलले ‘नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका हुन् । उनले संविधानको धारा ११३ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाण्ीकरण गरेका हुन् । संसद्को दुवै सदनको बैठकबाट पारित भएर आएसँगै राष्ट्रपतिले प्रमाणीकरण गरेको राष्ट्रपति...

लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं । प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले सप्तरी, पर्सा र तनहुँ जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले सप्तरीको कंचनरूप नगरपालिका–७ बाट अवैध लागूऔषध गाँजा करिब १ सय किलोग्राम सहित २ जनालाई मंगलबार बिहान पक्राउ गरेको छ । पक्राउ...

बागमती प्रदेशमा डेंगु संक्रमणको जोखिम बढ्यो

मकवानपुर । बागमती प्रदेशमा डेंगु संक्रमणको जोखिम बढ्दो छ । प्रदेशमा चालु आर्थिक वर्षको साउनयता डेंगु रोग संक्रमणले तीब्रता लिएको छ । प्रदेशका १३ जिल्लामध्ये रसुवा बाहे्क सबै जिल्लामा डेंगु संक्रमण फैलिएको बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, गत साउनमा ८४७ जनामा डेंगु संक्रमण भएकोमा असोज...

मकवानपुरमा करेन्ट लागेर प्रजा घाइते

मकवानपुर । मकवानपुरमा मंगलबार करेन्ट लागेर एक जना घाइते भएका छन् । जिल्लाको मनहरी गाउँपालिका–६, फरिवाबमा करेन्ट लागेर राजकुमार प्रजा घाइते भएका हुन् । मकवानपुरको राक्सिराङ गाउँपालिका–५ बस्ने ४२ वर्षीय प्रजा करेन्ट लागेर घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । प्रहरीका अनुसार, नेपाल विद्युत प्राधिकरण हेटौंडा...

हेटौंडाको संगमचोकमा आज शिव ताण्डब देखाइने

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–२ स्थित संगमचोकमा आज शिव ताण्डव नृत्य देखाइने भएको छ । संगमचोका दुर्गा भवानीको पूजाआजा चलिरहेको छ । विजया दशमीको अबसरमा दुर्गा पूजा समारोह सहमिति, हेटौंडा–२ संगमचोकले यहाँ हरेक वर्ष दुर्गा पूजा सम्बन्धि कार्यक्रम गर्दै आएको आयोजक समितिका चन्द्र शाहीले जानकारी दिए । उनका अनुसार, आज...

मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु

काठमाडौं । पाल्पाको तानसेन नगरपालिका वडा नम्बर ८ डुम्रे भन्ने स्थानमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा पाल्पाको रामपुर नगरपालिका १ हाँगेपिपल बस्ने २२ वर्षीय नारायण उचाइ ठकुरी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मंगलबार साँझ बुटवलबाट पाल्पातर्फ गइरहेको लु ३१ प ६५७०...

कस्तो रहला आजको मौसम ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल कोशी प्रदेश लगायत मधेस प्रदेश र बागमती प्रदेशको पूर्वी भू–भागमा मनसुनी वायु र गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, मधेस र बागमती प्रदेशको पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, बुधबार कोशी र मधेस प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया...