मकवानपुरमा करेन्ट लागेर प्रजा घाइते

तु खबर संवाददाता
२०८१ आश्विन २३, बुधबार ०९:३८

मकवानपुर । मकवानपुरमा मंगलबार करेन्ट लागेर एक जना घाइते भएका छन् । जिल्लाको मनहरी गाउँपालिका–६, फरिवाबमा करेन्ट लागेर राजकुमार प्रजा घाइते भएका हुन् ।

मकवानपुरको राक्सिराङ गाउँपालिका–५ बस्ने ४२ वर्षीय प्रजा करेन्ट लागेर घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

प्रहरीका अनुसार, नेपाल विद्युत प्राधिकरण हेटौंडा अन्तर्गतको मनहरी फ्युज सेवाको कार्यालयमा कार्यरत प्रजा फरिवाबमा विद्युतको लाइन मर्मत गर्ने क्रममा एक्कासी करेन्ट लागेर घाइते भएका हुन् ।

घाइते उनलाई उपचारको लागि नया मेडिकल कलेज भरतपुर चितवनमा लगिएको छ । प्रजाको छातिमा चोट लागेको छ भने अवस्था मध्यम रहेको जनाइएको छ ।