समाचार

मकवानपुर प्रहरीद्वारा ३९२ किलो गाँजा बरामद, दुई जना पक्राउ

मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर, १५ रातोमाटेबाट प्रहरीले आज (मंगलबार)अवैध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले तीन सय ९२ किलो लागूऔषध गाँजासहित मनहरी गाउँपालिका वडा नं. ९ ज्यामिरे बस्ने वर्ष २६ का रोशन पुरी र सोही स्थानका वर्ष २२ का धनबहादुर...

मकवानपुरको तीन स्थानमा सशस्त्र प्रहरीको हेल्प डेस्क

मकवानपुर । सशस्त्र प्रहरी बल १४ नम्बर गण हेडक्वार्टर मकवानपुरले जिल्लाका विभिन्न तीन स्थानमा हेल्प डेस्क स्थापना गरेको छ । चाडपर्वलाई लक्षित सडक सुरक्षालाई मध्यनजर गदै जिल्लाको ती स्थानमा हेल्प डेस्क स्थापना गरिएको सशस्त्र प्रहरी उपरिक्षक ज्ञानप्रसाद भुर्तेलले जानकारी दिए । उनका अनुसार, दुर्घटना जोखिम हुने स्थान इन्द्रसरोवर गाउँपालिकाको...

कारागारका कैदीबन्दीलाई खसी र खाद्यान्न

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले विजया दशमीको उपलक्ष्यमा मकवानपुरको भीमफेदीस्थित कारागारका कैदीबन्दीहरुलाई खसी र खाद्यान्न उपलब्ध गराएको छ । पालिकाका अध्यक्ष लोकबहादुर मुक्तान, वडा नम्वर १ का वडाध्यक्ष तेजबहादुर ब्लोन, वडा नम्वर ७ का वडाध्यक्ष उदास कुमार भोलन, लेखा अधिकृत नवीन धितालले मंगलबार कारागार भीमफेदी पुगेर कैदीबन्दीहरुलाई दसैँ मनाउन...

हाईस दुर्घटनामा परेर २२ वर्षीय युवकको मृत्यु

सुर्खेत । दैलेखमा गएराति हाईस दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा चामुण्डाबिन्द्रसैनी नगरपालिका–१, का २२ वर्षीय युवा प्रकाश बुढा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, सुर्खेतबाट चामुण्डाबिन्द्रासैनीको चाल्ने चौतारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९०६ नम्बरको हाईस (एसएमएल) दुर्घटना हुँदा उनको मृत्यु भएको...

सिन्धुलीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । सिन्धुलीमा बस दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुरको हतुवागढी गाउँपालिका १ बस्ने २६ वर्षीय बुद्धिमान तामाङ र अर्का एक पुरुष रहेका छन् । मृतक एक पुरुषको भने हाल सनाखत नभएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, सोमबार काठमाडौंबाट भोजपुर जाँदै गरेको बागमती...

सृजनशील नेपालको साधारणसभा सम्पन्न

मकवानपुर । सृजनशील नेपालको छैटौं साधारणसभा सम्पन्न भएको छ । साधारणसभा सोमबार हेटौंडामा सम्पन्न भएको हो । साधारणसभा संस्थाका अध्यक्ष शान्ता बरालको अध्यक्षता एवम् राष्ट्रिय समावेशी आयोगका कायबाह्क अध्यक्ष विष्णुमाया ओझाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सो क्रममा संस्थाका कार्यक्रम संयोजक सम्झना गोलेलाई राम्रो काम गरेको भन्दै दोसल्ला...

आज स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौं । आज आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन । आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द रहन गएको हो । स्कन्दको माता भएकाले पार्वती नै स्कन्दमाताका नामले कहलाएकी हुन् । नवरात्रका...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा प्रदेशमा मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ । महाशाखाका अनुसार, देशको पूर्वी र मध्य भागमा भारतको बिहार तथा आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । त्यसको प्रभावले देशको पहाडी...

११ दिनमा खुल्यो कान्तिलोपथ सडक

मकवानपुर । अविरल वर्षाका कारण आएको बाढीपहिरोले अवरुद्ध बनेको कान्तिलोकपथ सडक पुनः संचालनमा आएको छ । असोज १२ गतेदेखि अवरुद्ध उक्त सडकखण्ड ११ दिनपछि आज बिहानबाट पुनः संचालनमा आएको हो । बाढीले बागमती (बगुवा) पुलमा बनेको एउटा स्पान र मकवानपुर तर्फको करिब ५० मिटर सडक बगाएपछि उक्त सडकखण्ड अवरुद्ध...

पत्रकार गौतमद्वारा लिखित पुस्तक ‘प्रवासका फूलहरु’ सार्वजनिक

बेल्जियम । पत्रकार मणिराज गौतमद्वारा लिखित पुस्तक ‘प्रवासका फूलहरु’ को सार्वजनिक गरिएको छ । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष समेत रहेका गौतमले लेखेका उक्त पुस्तक आइतबार बेल्जियममा सार्वजनिक गरिएको हो । उक्त पुस्तक अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरले आयोजना गरेको एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । कार्यक्रममा बेल्जियमका...