समाचार
दुर्घटनामा परेर ट्रक चालकको मृत्यु
काभ्रे । काभ्रेको पाँचखाल नगरपालिका–५, सैतिस किलो केराघारीस्थित अरनिको राजमार्गमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धुलिखेलबाट पाँचखाल जाँदै गरेको बा ५ ख १२८१ नम्बरको ट्रक बिहीबार दिउँसो आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । मृत्यु हुनेमा ट्रक...
क्यान्सर रोगको उपचार र नियन्त्रणमा अनुसन्धान गर्न आवश्यकः राष्ट्रपति
चितवन । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा क्यान्सर रोगको उपचार, रोकथाम तथा नियन्त्रण र अध्ययन अनुसन्धानमा आवश्यक रहेको औल्याएका छन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २५ औं वार्षिकोत्सव तथा २० औं राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा बिहीबार भरतपुरमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेले यस्तो औल्याएका हुन् । साथै...
दुर्घटनामा परेर एक जनाको मृत्यु
काठमाडौं । काठमाडौं महानगरपालिका–२, लैनचौरमा दुई स्कुटर ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा मेलुङ गाउँपालिका–५ घर भएका २१ वर्षीय रूपेश केसी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, गएराति लैनचौरस्थित सडकमा बा ७९ प ५४७८ नम्बरको स्कुटर र बा प्र–०२–०३६ प ७४४९ नम्बरको...
मकवानपुरका कार्कीसहित तीन जना दुबईबाट पक्राउ
काठमाडौं । विभिन्न मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना फरार प्रतिवादी दुबईबाट पक्राउ गरेर काठमाडौं ल्याइएको छ । ठगीसम्बन्धी कसुर मुद्दामा दुई जना र जबरजस्ती करणी कसुरसम्बन्धी मुद्दामा एक जना गरी तीन जना फरार प्रतिवादी दुबईबाट पक्राउ गरेर नेपाल ल्याइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको...
लमजुङमा अरिङ्गालले टोकेर चार विद्यार्थी घाइते
लमजुङ । लमजुङमा आज बिहान अरिङ्गालले टोकेर चार विद्यार्थी घाइते भएका छन् । जिल्लाको बेँसीसहर नगरपालिका–३ मा रहेको गाउँसहर माध्यमिक जाँदै गर्दा बाटोमा अरिङ्गालले टोकेर चार जना विद्यार्थी घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार, बिहान विद्यालय जाने क्रममा डमफुहाउस नजिककै अरिङ्गालले टोकेर उनीहरु घाइते भएका हुन् ।...
बिहीबार ३२.८१ अंकले घट्यो शेयर बजार
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजारमा गिरावट आएको छ । यसदिन बजारमा ३२ दशमलव ८१ अंकको गिरावट आएको हो । तीनदिन लगातार बढेर बुधबार मात्रै सुधार आएको शेयर बजार बिहीबार पुनः गिरावटमा आएको हो । यसअघि बुधबार ४९ अंकले बजार बढेको थियो । यो...
बिहिबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । आज सुन हालसम्मकै उच्च मूल्यमा पुगेर नयाँ रकर्ड बनाएको हो । आज सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । महाशाखाका अनुसार, आज सुनको भाउ प्रतितोला एक लाख ६० हजार ७००...
मकवानपुरमा लोपोन्मुख सतुवा संरक्षण गरिँदै
हेटौंडा । उत्तरी मकवानपुरको दामन, टिस्टुङमा लोपोन्मुख सतुवाको संरक्षण गरिएको छ । वनस्पति अनुसन्धान केन्द्र मकवानपुरका पर्वतीय वनस्पति उद्यान, दामन र टिस्टुङमा बहुमूल्य वनस्पति सतुवाको संरक्षण गरिएको हो । बहुवर्षीय बिरुवा सतुवा औषधीका रूपमा प्रयोग हुने गरेको छ । नेपालमा वैधभन्दा पनि अवैध तवरले यसको बढी सङ्कलन हुने गरेकाल...
आज भारी वर्षा हुने सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ । महाशाखाले सबै प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको हो । महाशाखाले ती...
हेटौंडा–१५ मा नदिजन्य पदार्थ चोरी निकासी न्यूनीकरण सम्बन्धि अन्तरक्रिया
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ मा नदिजन्य पदार्थ चोरी निकासी उत्खनन न्यूनीकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम हेटौंडा–१५ वडा कार्यलयको आयोजनामा बुधबार भएको हो । नदिजन्य पदार्थको रोकथाम गर्नको लागि सम्बन्धित कायहरु सब डिभिजन बन कार्यालय, इलाका प्रहरी कार्यलय पशुपतिनगर, हेटौंडा उपमहानगरपालिकाको कार्यालय,...









