समाचार

लागूऔषधसहित एक युवक पक्राउ

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारस्थित सडकबाट प्रहरीले आज बिहान नियन्त्रित लागूऔषध नाइट्राभेटसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी पश्चिम बर्दाघाट नगरपालिका–१५ बस्ने २२ वर्षीय सन्दिप श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीले उनलाई लागूऔषध नाइट्राभेट १ हजार ३५ ट्याब्लेटसहित पक्राउ गरेको हो...

स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

काठमाडौं । स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताको आह्वान गरिएको छ । निर्वाचन आयोगले संविधानको धारा २७१ बमोजिम आगामी मंसिर १६ गते तय भएको उपनिर्वाचनका लागि दल दर्तासम्बन्धी सूचना जारी गरेको हो । दल दर्ताका लागि निवेदन दिँदा राजनीति दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने...

हेटौंडा–काठमाडौं जोड्ने दक्षिणकाली–छैमले सडकको कालोपत्रे गर्ने कार्य स्थगित

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने सिस्नेरी–दक्षिणकाली–छैमले सडकखण्डको कालोपत्र गर्ने कार्य स्थगित भएको छ । हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीको उक्त सडकखण्डमा कालोपत्रे गर्ने कार्यका लागि मंगलबारबाट १२ दिन (असोज ८ गतेदेखि असोज १९ गते) सम्म सवारी संचालनमा रोक लगाइएको थियो । उक्त खण्डमा कालोपत्रे गर्ने...

बागमतीका मुख्यमन्त्रीद्वारा खादा र मालामा नअल्मलिन निर्देशन

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले प्रदेशका मन्त्रीहरुलाई खादा र मालामा नअल्मिन निर्देशन दिएका छन् । मन्त्रीहरू मन्त्रालयमा नबस्ने गरेको गुनासोका बिच मुख्यमनत्री लामाले मन्त्रीहरुलाई खादा र मालामा नअल्मिन निर्देशन दिएका हुन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मंगलबार भएको सरकारको हालसम्मको प्रगति र आगामी योजनाबारेको छलफलका व्रmममा...

नेविसंघ बागमती गाउँपालिकाको अधिवेशन सम्पन्न

मकवानपुर । नेपला विद्यार्थी संघ (नेविसंघ) बागमती गाउँपालिको अधिवेशन सम्पन्न भएको छ । अधिवेशन बुधबार बिहान सम्पन्न भएको हो । अधिवेशन नेविसंघ बागमती गाउँपालिका सभापती आशिष भ्लोनको अध्यक्षता तथा नेविसंघ मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा नेविसंघ मकवानपुरका सचिव सुनिल भोम्जन, हेटौंडा क्याम्पसका अध्यक्ष...

बागमती र मधेशका श्रम मन्त्रीबीच भेटघाट तथा अनुभव आदानप्रदान

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदेश सरकारको आयोजनामा मंगलबार भेटघाट तथा अनुभव आदानप्रदान कार्यक्रम भएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालय, हेटौंडा कार्यालयमा आयोजित उक्त कार्यक्रममा बागमती र मधेश प्रदेशका श्रम मन्त्रीले आ–आफ्नो अनुभव आदानप्रदान गरका थिए । कार्यक्रममा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त...

ठगीको आरोपमा मकवानपुरका रुम्बासहित दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ब्रुनाई, क्रोएसिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको प्रहरीले आइतबार मकवानपुरका एकसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा ताप्लेजुङको फुङलिङ नगरपालिका–५ घर भई हाल...

मकवानपुरका एसपी र डीएसपीको सरुवा, को आउँदैछन् ?

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले मकवानपुरमा कार्यरत एसपी सिताराम रिजाल र डीएसपी लक्ष्मी भण्डारीको सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सरुवा निर्णयनुसार, एसपी रिजाललाई नेपाल प्रहरी विशेष सुरक्षा गण...

कस्तो रहला आजको मौसम ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रही देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै महाशाखाका अनुसार, बङ्गालको खाडीमा विकसित भएको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव रहेको र त्यसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । हाल कोशी, मधेस,...

पोखरीमा डुबेर बेपत्ता बालिकाको शव फेला

जनकपुरधाम । धनुषामा पोखरीमा डुबेर बेपत्ता भएकी एक बालिकाको आज बिहान शव भेटिएको छ । जिल्लाको धनुषाधाम नगरपालिका–३ स्थित पोखरीमा मंगलबार स्थानीय १३ वर्षीया बालिका चन्द्रिका मण्डल नुहाउने क्रममा डुबेर बेपत्ता भएकी थिइन् । बेपत्ता उनको आज बिहान पानीमाथि तैरिएको अवस्थामा शव भेटिएको धनुषा प्रहरीले जनाएको छ । ती...