समाचार
आज पनि देशभर मनसुनी प्रभाव कायमैः यी प्रदेशमा वर्षा हुने
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ । महाशाखाका अनुसार, देशको पूर्वी र मध्य भागमा बङ्गलादेशको उत्तर भू–भाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । त्यसको प्रभावले लुम्बिनी र गण्डकीसहित देशको पहाडी भू–भागमा आंशिक...
दशैँको चौथो दिनः आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
काठमाडौं । आज नवरात्र एवम् दशैँको चौँथो दिन । आज दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौँथो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौँथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका ९ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती...
विपद्को घटनामा परी दुई सय ४४ जनाको मृत्यु
काठमाडौं । बाढीपहिरोलगायत विपद्को घटनामा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु भएको छ । एक साताअघि आएको अविरल वर्षाका कारण गएको बाढीपहिरो, डुवानमा परेर हालसम्म मृत्यु हुनेको संख्या दुई सय ४४ पुगेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार, यस्तै सो अवधिमा विपद्को घटनामा परी...
हेटौंडा–काठमाडौं जोड्ने फाखेल–हुमाने सडक आज दिउँसोबाट संचालनमा आउने
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो मार्ग कुलेखानी–फाखेल–हुमाने सडक आजबाट दिउँसोबाट संचालनमा आउने भएको छ । एक साताअघि आएको अविरल वर्षाका कारण गएको बाढीपहिरोले क्षति पुर्याएका उक्त सडक आज दिउँसोबाट पुनः संचालनमा आउने भएको हो । सो सडक अन्तर्गत कुलेखानी ड्याममुनि डाइभर्सन निर्माण र...
लागूऔषधसहित पाँच जना पक्राउ
काठमाडौं । प्रहरीले लागूऔषधसहित देशको छुट्टाछुट्टै स्थानबाट पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली र दाङ जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको छ । प्रहरीले कैलालीको कैलारी गाउँपालिका–८ लौसाबाट अवैध लागूऔषध ब्राउनसुगर ल४ सय ३० मिलिग्रामसहित ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा...
बाढी–पहिरोले अति प्रभावित स्थानीय तहलाई सहयोग गरिने
मकवानपुर । बागमती प्रदेश सरकारले बाढी–पहिरो र डुबानलगायत विपद् अति प्रभावित स्थानीय तहलाई तत्काल राहत र भैपरी आउने खर्चका लागि राहत स्वरुप सहयोग गर्ने भएको छ । प्रदेशको शनिबार हेटौंडामा बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् बैठकले विपद् अति प्रभावित स्थानीय तहलाई पाँच करोड ८० लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको...
गाडी दुर्घटना हुँदा खनालको मृत्यु
नुवाकोट । नुवाकोटमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको लमजुङको सुपर दोर्दी ‘ख’ आयोजनाको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंका ५८ वर्षीय उपेन्द्र खनाल रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । प्रहरीका अनुसार, बा १४...
हेटौंडा जेसीजको आयोजनामा शुभकामना आदानप्रदान
मकवानपुर । हेटौंडा जेसीजले आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । नेपालीहरुको महान पर्व दसैँ, तिहार, नेपाल सम्वत् तथा छठ पर्वको अवसर पारेर उक्त कार्यक्रम आयोजना गरिएको हो । हेटौंडा जेसीज वर्ष २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठको अध्यक्षता तथा वर्ष सन् २००५ का अध्यक्ष देवेन्द्रध्वज कार्कीको...
११ करोडको सुनसहित हेटौंडाबाट दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले आज बिहान ११ करोड रुपैयाँको अवैध सुनसहित हेटौंडाबाट दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटेबाट ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैया ६५० पैसाका अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको हो ।...
मकवानपुरमा बिहानै सवारी दुर्घटना, तीन जना घाइते
मकवानपुर । मदनभण्डारी लोकमार्ग अन्तरगत मकवानपुरको बागमती गाउँपालिका वडा नम्वर ८, साततल्लेमा आज बिहानै सवारी दुर्घटना हुँदा भएको छ । बिहान ७ बजेको समयमा काठमाडौंबाट धरानतर्फ जाँदै गरेको प्रदेश १–०२०–००१ ज ४३२८ नं.को इभी गाडी (भ्यान) आफै अनियन्त्रित भई सडक छेउको नालामा खसेर दुर्घटना भएको मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद...









