मकवानपुरमा २७ जना डेंगु र २ जना स्क्रब टाइफसका बिरामी भेटिए
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा २७ जना डेंगु संक्रमित बिरामी र २ जना स्क्रब टाइफसका बिरामी भेटिएका छन् ।
जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, सो अवधिमा जिल्लाको हेटौंडा उपमहानगरपालिकाका २४ जना, मकवानपुरगढी, बकैया र राक्सिराङ गाउँपालिकाका एक–एक जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।
यसैगरी, सोही अवधिमा हेटौंडा उपमहानगरपालिकाका २ जनामा स्क्रब टाइफसका बिरामी भेटिएको स्वास्थ्य कार्यालय जनाएको छ ।
आज थपिएसँगै जिल्लामा डेंगु संक्रमितको कुल संख्या ४६१ पुरुष र ४२८ महिला गरी ८८९ जना पुगेको छ भने स्क्रब टाइफसका बिरामी १०४ पुरुष र १८९ महिला गरी २३९ जना पुगेको छ । उक्त तथ्याङ्क गत साउन महिनादेखि आज आइतबारसम्मको हो ।
कुन पालिकामा कति डेंगु संक्रमितका बिरामी भेटिए ?
हेटौंडा उपमहानगरपालिकामा ३६४ पुरुष र ३५५ महिला गरी ७१९ जना
थाहा नगरपालिकामा ४ पुरुष र ५ महिला गरी ९ जना
मकवानपुरगढी गाउँपालिकामा २० पुरुष र ९ महिला गरी २९ जना
बागमती गाउँपालिकामा एक जना पुरुष
कैलाश गाउँपालिकामा ६ जना पुरुष
मनहरी गाउँपालिकामा २५ पुरुष र २३ महिला गरी ४८ जना
भीमफेदी गाउँपालिकामा ६ पुरुष र ९ जना महिला गरी १५ जना
बकैया गाउँपालिकामा ८ पुरुष र ५ महिला गरी १३ जना
राक्सिराङ गाउँपालिकामा एक पुरुष र एक महिला गरी दुई जना
हाल ठेगाना नखुलेका १२ पुरुष र १४ महिला गरी २६ जना
अन्य जिल्लाका १४ पुरुष र ७ महिला २१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
कुन पालिकामा कति स्क्रब टाएफसका बिरामी भेटिए ?
हेटौंडा उपमहानगरपालिकामा ११४ महिला र ६८ पुरुष गरी १८२ जना
मकवानपुरगढी गाउँपालिकामा २९ महिला र १३ पुरुष गरी ४२ जना
बागमती गाउँपालिकामा दुई पुरुष
कैलाश गाउँपालिकामा एक महिला र एक पुरुष गरी २ जना
मनहरी गाउँपालिकामा ७ पुरुष र १४ जना महिला गरी २१ जना
इन्द्रसरोवर गाउँपालिकामा एक महिला
भीमफेदी गाउँपालिकामा दुई पुरुष र १४ जना महिला गरी १६ जना
बकैया गाउँपालिकामा ९ पुरुष र १० महिला गरी १९ जना
राक्सिराङ गाउँपालिकामा २ जना महिला
हाल ठेगाना नखुलेका एक महिला
अन्य जिल्लाका दुई पुरुष र तीन महिला गरी ५ जना रहेका छन् ।
जिल्लाको थाहा नगरपालिकामा भने हालसम्म स्क्रब टाइफसको बिरामी फेला नपरेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
