नेपाल कम्युनिस्ट पार्टीका नेता गजुरेलसहित ६ जना पक्राउ पक्राउ
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक हरिकृष्ण गजुरेललगायतका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार सिंहदरबारस्थित दक्षिण गेटअगाडि प्रदर्शन गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा सुनिता बुढाथोकी, युवराज थापा, अर्जुन बोगटी, अरुण बोटगीसहित ६ जना रहेका छन् ।
बाढी–पहिरो पीडितहरूका लागि राहत व्यवस्था गर्न माग गर्दै सिंहदरबार गेटमा भेला भएर प्रदर्शनमा उत्रिएका उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनीहरूलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको जनाइएको छ ।
उक्त पार्टी केही समयअघि मोहन वैद्य समूहबाट फुटेर नयाँ गठन भएको हो ।
