छुट्टाछुट्टै दुर्घटनामा परेर दुई जनाको मृत्यु
काठमाडौं । देशको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । देशको चितवन र मोरङ जिल्लाको विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
चितवनको रत्ननगर नगरपािलका–९ टिकौली जङ्गलमा आज बिहान सवा ९ बजे मोटरसाइकल अनियन्त्रित भई अन्य एक मोटरसाइकल र स्कुटरमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गको टिकौली जङ्गलमा ना ४३ प ६२४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोही स्थानमा बागमती प्रदेश ०३–००३प ८६६ नम्बरको स्कुटर र ग १२ प ७१७२ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परेर स्कुटर चालक स्याङ्जाका आदिखोला गाउपालिका–३ बस्ने २३ वर्षीय रोहन पौडेलको मृत्यु भएको छ । दुर्घ६नामा परेर गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
उक्त दुर्घटनामा परेर स्कुटरको पछाडी सवार स्याङ्जाको फेदीखोला गाउपालिका–२ बस्ने १७ वर्षीय रश्मी शर्माको ओठ र कम्मरमा चोट लागेर मध्यम अवस्था रहेको तथा बकुलहर अस्पताल रत्ननगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, ग १२ प ७१७२ नम्बरको मोटरसाइकल चालक सर्लाहीको लालबन्दी नगरपालिका–१४ का नीरबहादुर घिसिङ र सोही स्थान बस्ने सरोज तामाङको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र अवस्था मध्यम रहेको छ ।
यस्तै, ना ४३ प ६२४१ नम्बरको मोटरसाइकलका चालक रत्ननगर–८ चितवनका प्रेमप्रसाद रिजाल र पछाडी बस्ने गैडाकोट नगरपालिका–८ नवलराससी (वर्दघाट सुस्ता पूर्व) की बिविका सापकोटाको अवस्था समान्य घाइते रहेको र उनीहरुको बकुलहर अस्पताल रत्ननगरमा उपचार भइरहेको जनाइएको छ ।
