समाचार

हेटौंडामा चलचित्र “गोजी रित्तै” को विशेष शो हुँदै

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आगामी कात्तिक ३ गते चलचित्र “गोजी रित्तै” को विशेष शो हुने भएको छ । सोमबार चलचित्र निर्माण टिमले पत्रकार सम्मेलनको आयोजना गर्दै सो बारे जानकारी गराएको हो । सम्मेलनमा निर्माता एवम् नायिका राधिका लामाले विशेष शो हेटौंडाको ओम म्याक्स हलमा हुने बताइन् ।...

बाढी–पहिरो पीडितलाई राहत वितरण

मकवानपुर । एकीकृत हटिया ग्रुपले मकवानपुरको बागमती र बकैया गाउँपालिकाका बाढी–पहिरो पीडितलाई राहत वितरण गरेको छ । असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढी–पहिरोबाट प्रभावित बनेका बागमती र बकैयाका पीडितलाई चामल, तेल, भाडकुाडा, लत्ताकपडालगायत सामग्री वितरण गरिएको हो । सोमबार हेटौंडा–१६ र १७ नम्बर वडाका...

उद्दार उडान गर्दै नेपाल वायुसेवा निगम

काठमाडौं । नेपाल वायुसेवा निगमले उद्दार उडान गर्ने भएको छ । निगमले यही असोज २४ काठमाडौं–भैरहवा उद्धार उडान गर्ने भएको हो । असोज १० गतेदेखि १२ गतेसम्म आएको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाबाट बाहिर जाने र आउने राजमार्गहरू क्षतिग्रस्त भएपछि यात्रुलाई सहज होस् भन्ने उद्देश्यले उक्त उद्दार उडान गर्न...

राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश

काठमाडौं । मुस्लिम र थारू आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । सोमबार राष्ट्रपतिको कार्यालयमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा मुस्लिम र थारू आयोगका अध्यक्षहरूले राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश गरेका हुन् । जसनुसार, मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी र थारू आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी आ–आफ्नो आयोगको वार्षिक...

३७ अंकले बढ्यो शेयर बजार, ७ अर्ब ९ करोडको कारोबार

काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार परिसूचक (नेप्से) ३७ अंकले बढेको छ । उतारचढावकाबीच सोमबार परिसूचक २६९० दशमलव ७२ बिन्दुमा आएर रोकिएको छ । यसदिन १७६ कम्पनीको मूल्य बढेको छ । ६६ कम्पनीको घट्दा २ कम्पनीको मूल्य भने स्थिर नै रह्यो । यस्तै, आज...

छुट्टाछुट्टै दुर्घटनामा परेर दुई जनाको मृत्यु

काठमाडौं । देशको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । देशको चितवन र मोरङ जिल्लाको विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । चितवनको रत्ननगर नगरपािलका–९ टिकौली जङ्गलमा आज बिहान सवा ९ बजे मोटरसाइकल अनियन्त्रित भई अन्य एक मोटरसाइकल र स्कुटरमा...

श्रीमतीको हत्या गरी फरार तामाङ पक्राउ

काठमाडौं । आफ्नै श्रीमतीको हत्या गरी फरार रहेका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका–७ घर भएका जितबहादुर भन्ने काले तामाङ रहेको प्रहीले जनाएको छ । तामाङ भक्तपुर नगरपालिका–१० छालिङबाट पक्राउ परेका हुन् । गत वैशाख १९ गते दक्षिणकाली नगरपालिका–६ बस्ने ४५ वर्षीया डोल्मा शेर्पाको...

ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

तनहुँ । तनहुँमा आज ट्याक्टरले ठक्कर दिदाँ ८ वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको व्यास नगरपालिका–१ गल्बुबेसीमा ग १ त ७०३१ नम्बरको ट्याक्टरले ठक्कर दिँदा सविन कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका अनुसार, ट्याक्टरले ठक्कर दिँदा ती बालक गम्भी। घाइते भएका थिए ।...

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । बैठक सोमबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी आह्वान गरिएको हो । आज बस्ने मन्त्रिपरिषद् नियमित बैठक हो । उक्त बैठकमा सरकारले गर्नुपर्ने कामहरूबारे निर्णय गर्ने बुझिइएको छ । प्रायः सिंहदरबारमै राख्ने गरेका मन्त्रिपरिषद्...

एकीकृत समाजवादीको मधेस प्रदेश अधिवेशन पुसमा हुने

काठमाडौं । नेकपा एकीकृत समाजवादीको मधेस प्रदेश अधिवेशन आगामी पुसमा हुने भएको छ । सोमबार बसेको सो पार्टीको मधेस प्रदेश कमिटीको पदाधिकारीसहितको विस्तारित बैठकले आगामी पुस ६ र ७ गते अधिवेशन गर्ने निर्णय गरेको हो । एकीकृत समाजवादीले मंसिर महिनाभित्र प्रदेश तथा चैतभित्र जिल्ला अधिवेशनहरू सम्पन्न गर्ने निर्णय गरेपनि...