उद्दार उडान गर्दै नेपाल वायुसेवा निगम
काठमाडौं । नेपाल वायुसेवा निगमले उद्दार उडान गर्ने भएको छ । निगमले यही असोज २४ काठमाडौं–भैरहवा उद्धार उडान गर्ने भएको हो ।
असोज १० गतेदेखि १२ गतेसम्म आएको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाबाट बाहिर जाने र आउने राजमार्गहरू क्षतिग्रस्त भएपछि यात्रुलाई सहज होस् भन्ने उद्देश्यले उक्त उद्दार उडान गर्न लागिएका निगमले जनाएको छ ।
निगमले सोमबार जारी गरिएको विज्ञप्तिमा नेपालीहरूको महान् पर्व बडादशैँमा आ–आफ्नो जिल्लास्थित घर आउन र जान यात्रुहरूलाई सहज होस् भनी ए ३२० जहाजबाट उद्दार उडान गर्न लागिएको उल्लेख छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको विशेष निर्देशन र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको विशेष पहलमा उद्दार उडान गर्न लागिएको समेत जनाइएको छ ।
निगमले सो दिनको उडान तालिका समेत सार्वजनिक गरेको छ ।
निगमले सार्वजनिक गरेको तालिका अनुसार, काठमाडौंबाट भैरहवा बिहान ११ बजे र भैरहवाबाट काठमाडौं १२ः ३० मा उडान हुनेछ ।
काठमाडौंबाट भैरहवाका लागि एकतर्फी भाडा दर ७ हजार रुपैयाँ र भैरहवाबाट काठमाडौंबाट ३ हजार ८९० लाग्ने समेत निगमले जनाएको छ ।
