राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण

तु खबर संवाददाता
२०८१ आश्विन २३, बुधबार १५:३६
file-photo

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले एउटा विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपछि पौडेलले ‘नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका हुन् ।

उनले संविधानको धारा ११३ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाण्ीकरण गरेका हुन् ।

संसद्को दुवै सदनको बैठकबाट पारित भएर आएसँगै राष्ट्रपतिले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।