कस्तो रहला आजको मौसम ?
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल कोशी प्रदेश लगायत मधेस प्रदेश र बागमती प्रदेशको पूर्वी भू–भागमा मनसुनी वायु र गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, मधेस र बागमती प्रदेशको पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार, बुधबार कोशी र मधेस प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
यस्तै, कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
मनसुनी वायु कमजोर हुँदै गइरहेको हुनाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना देखिएको महाशाखाले जनाएको छ ।
