राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण

तु खबर संवाददाता
२०८१ आश्विन २२, मंगलवार १७:०६
file-photo

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई आएको उक्त विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।

सो विधेयकलाई राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।